काठमाडौं । चिनियाँ इलेक्ट्रिक कार कम्पनी बिवाईडीले आगामी भदौ ३ गतेबाट सुरु हुने ‘नाडा अटो शो २०२५’मा ‘एट्टो २’ लन्च गर्ने तयारी गरेको छ ।
बीवाईडीको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंक प्रालिले नाडा अटो शोमा लन्च गर्नका लागि एट्टो२ नेपाल भित्र्याइसकेको छ । एट्टो २ इलेक्ट्रिक एसयूभी बिवाईडीको थर्ड जेनेरेसन ३.० इलेक्ट्रिक कार प्लेटफर्ममा बनेको कार हो । यो फ्रन्ट ह्विल ड्राइभ लेआउटमा उपलब्ध हुनेछ ।
अल्ट्रा सेफ ब्लेड ब्याट्रीका साथै सेल टु प्याक बडी प्रविधि जडित यस एसयूभीमा जडान गरिएको ४५.१ किलोवाट आवार क्षमताको ब्याट्रीले एकपटकको फुल चार्जमा ३१० किलोमिटर रेन्ज दिने कम्पनीले दाबी गरेको छ । ब्याट्रीलाई ७ किलोवाटको एसी र ८२ किलोवाटको डीसी फास्ट चार्जर प्रयोग गरेर चार्ज गर्न सकिन्छ । एट्टो२ मा उपलब्ध १०० किलोवाट क्षमताको मोटरले २९० एनएम टर्क जेनेरेट गर्दछ ।
एट्टो२ मा १२.८ इन्चको रोटेटिङ टच स्त्रिफ राखिएको छ भने इन्टेरियर निकै सफाचट र आकर्षक रहेको छ । यस कारको लम्बाई ४३१० एमएम, चौडाई १८३० एमएम, उचाई १६७५ एमएम र ह्विलवेस २६२० एमएम छ । साइडमा १७ इन्चको अलोय ह्वीलसँगै ब्ल्याक कलरको ह्वील आर्क र बडी क्लाइडिङले यसको लुक्समा निखार दिएको छ । पछाडि एलईडी लाइटबारको साथमा फरक डिजाइनको इन्फिनिटी रिङ प्यार्टन रहेको कम्पनीले जनाएको छ ।
सुरक्षाका लागि यसमा ६ वटा एयरब्याग, ३६० डिग्री सराउन्ड भ्यू क्यामेरा, हिल होल्ड एसिस्ट र दर्जनौ सेफ्टि फिचर सामेल लेभल–२ एडास दिइएको छ । यस कारले यरो एनक्यापको क्र्यास टेष्टमा ५ स्टार रेटिङ पाएको छ ।
गाडीका अन्य विशेषता र मूल्य भने कम्पनीले गाडी लन्च गर्दा सार्वजनिक गर्ने बताएको छ । यद्यपी यस एसयूभीलाई ४५ ५० लाख रुपैयाँसम्ममा बिक्री हुने अनुमान गरिएको छ ।
केहि दिनअघि मात्रै सम्पन्न नाइमा नेपाल मोबिलिटी एक्सपोमा एट्टो१ लन्च गरेर बिवाईडीले सबैको ध्यान खिचेको थियो । ठूलो संख्यामा बुकिङ पनि भएको थियो । त्यसैबीच कम्पनीले नाडा अटो शोमा पनि एट्टो२ लाई ‘हट केक मोडल’का रुपमा प्रस्तुत गर्ने तयारी छ ।





























प्रतिक्रिया