काठमाडौं । सोकोन चीनको सबभैन्दा ठूलो निजी अटो कम्पनी हो। वार्षिक सात लाख युनिट उत्पादन क्षमता रहेको यस कम्पनीले हाल ७० भन्दा बढी देशमा विक्री वितरण गर्दै आएकाे छ।
सोकोन ग्रुपका विभिन्न सहायक कम्पनीहरूमध्ये सेरेस प्रमुख विद्युतीय सवारीसाधन उत्पादन गर्ने ब्रान्ड हो । यो ब्रान्डले उच्चस्तरीय इलेक्ट्रिक एसयूभी र सेडानहरू बजारमा ल्याएको छ । जसमा सेरेस ३ ईभी, सेरेस ५ ईभी , सेरेस ७ ईभी, सेरेस र सेरेस एम३ जस्ता मोडेलहरू रहेका छन् । यीमध्ये केही मोडेल प्रसिद्ध प्रविधि कम्पनी हवाईसँगको सहकार्यमा निर्माण गरिएको हो । यस्तै, डिएफएसके (डोङफेङ सोकोन) ब्रान्ड अन्तर्गत पेट्रोल तथा डिजेलमा आधारित एसयूभी, एमपीभी, भ्यान र पिकअप ट्रकहरू उत्पादन हुन्छन्, जसमा डिएफएसके ग्लोरी ५८०, ग्लोरी ५६०, ग्लोरी ८३ , डिएफएसके के – १एस मिनी ट्रक र डिएफएस के सि३७ भ्यानजस्ता मोडेलहरू समावेश छन् ।
डिएफएसकेअन्तर्गत ‘ग्लोरी’ उपब्रान्ड प्रयोग गरेर केही एसयूभी मोडलहरू बजारमा ल्याइएको छ । जसले ब्रान्डको छुट्टै पहिचान बनाएको छ । सोकोन ग्रुपले गुणस्तरीय प्रविधि र वातावरणमैत्री गाडीमार्फत अन्तर्राष्ट्रिय बजारमा आफ्नो उपस्थिति विस्तार गरिरहेको छ ।
सोकोन र यसका ब्रान्डहरू सेरेस, डिएफएसकेको विश्वव्यापी उपस्थिति उत्कृष्ट रहेको छ । यसले चीनबाहेक युरोप, दक्षिणपूर्वी एसिया, दक्षिण अमेरिका र मध्यपूर्वका विभिन्न देशहरूमा आफ्ना उत्पादनहरू निर्यात गर्छ ।
विशेषगरी, किफायती एसयूभी र कमर्सियल गाडीहरूका लागि डिएफएसके ब्रान्ड बढी चिनिन्छ भने सेरेस ब्रान्डले विश्वव्यापी विद्युतीय सवारी बजारमा आफ्नो स्थान बनाउने प्रयास गरिरहेको छ । उनीहरूले अन्तर्राष्ट्रिय बजारमा आफ्नो पहुँच विस्तार गर्न विभिन्न देशका स्थानीय वितरकहरूसँग साझेदारी गर्दै आएका छन् ।
नेपाली बजारमा सोकोनको प्रवेश
नेपालमा वि.सं २०८१ मा एमएडब्ल्यु वृद्धि अटोकर्पले चिनियाँ कम्पनी सोकोन ईएस३६ भ्यान भित्र्याएको हो र नेपालमा भित्रिएको यो एक मात्र मोडल रहेको छ । सोकोन ईसी थर्टी थ्री, एक आधुनिक विद्युतीय भ्यान हो । यो ११ सिटे ईभीले एकपटकको चार्जमै ३ सय किलोमिटरसम्मको दूरी तय गर्न सक्छ ।
यसको ६० किलोवाट क्षमताको इलैक्ट्रिक मोटरले २ सय एनएमको टर्क उत्पन्न गर्दै उकालो चढ्ने क्षमतामा पनि कुनै सम्झौता गरेको छैन । ४० प्रतिशत ग्रेडेबिलिटी भएकाले चर्काे चढाइ पनि सजिलै पार गर्न सक्छ ।
४२ किलोवाट आवरको सीएटीएल ब्याट्रीले १.३ घण्टामा २० प्रतिशतदेखि ८० प्रतिशत सम्म र २.५ घण्टामा ० प्रतिशत देखि १ सय प्रतिशतसम्म चार्ज गर्न सक्ने फास्ट चार्जिङ क्षमताले यो भ्यानलाई दैनिक प्रयोगमा झन् सहज बनाउँछ ।
१८८ एमएमको ग्राउण्ड क्लियरेन्ससहित यो भ्यान नेपाली सडकका हरेक घुम्ती र खाल्डाखुल्डीमा निडर भएर दौडन तयार छ । सुरक्षाको दृष्टिकोणले पनि उत्तिकै सुरक्षित मानिन्छ । ईबीडी, रिभर्स राडार र क्यामेराद्वारा सुरक्षित यो सवारीमा रेगेनेरेटिभ ब्रेकिङ सिस्टम पनि जडान गरिएको छ, जुन प्रायः महंगा ईभीहरूमा मात्र देखिन्छ ।
सहज र स्मार्ट टचस्क्रिन मल्टिमिडिया इन्फोटेनमेन्ट सिस्टमले यात्रालाई मनोरञ्जनपूर्ण बनाउँछ । गुणस्तरीय सर्भिस, स्पेयर पार्ट्स र ग्राहक सन्तुष्टिमा कुनै सम्झौता गरेको छैन । सुरुमा यसको मूल्य ४५ लाख ५० हजार रुपैयाँ निर्धारण गरिएको थियो भने वि. सं २०८२ बाट बढेर ४८ लाख ९५ हजार रुपैयाँ पुगेको छ ।





























प्रतिक्रिया