कार्गोका लागि उपयुक्त स्विच मोबिलिटीका ईभीहरु नेपाली बजारमा, यस्ता छन् विशेषताहरू

कार्गोका लागि उपयुक्त स्विच मोबिलिटीका ईभीहरु नेपाली बजारमा, यस्ता छन् विशेषताहरू

केन्द्रबिन्दु
6
Shares

काठमाडौं । अशोक लेल्यान्डको सहायक कम्पनी स्विच मोबिलिटी नेपाली सवारी साधनकाे एक विकल्प बनेको छ। स्विच मोबिलिटीका गाडीहरू मुख्यतया भारत र बेलायतमा उत्पादन हुन्छन्। यसलाई आइएमई मोटर्स नेपालले नेपाल भित्र्याएको हो ।

स्विच मोबिलिटीले नेपालमा विद्युतीय लाइट कमर्सियल सवारी आईईभीथ्री र आईई४ बिक्री गरिरहेको छ । यी गाडीहरू डेलिभरी र व्यावसायिक प्रयोजनका लागि डिजाइन गरिएका छन्। स्विच मोबिलिटीका बसहरू सहरभित्र र सहर बाहिर दुवैका लागि डिजाइन गरिएका छन्। आधुनिक फिचरहरू र प्रविधि प्रयोग गरिएको यी बसहरूले कम प्रदुषण गर्ने हुनाले वायु प्रदुषण घटाउन मद्दत गर्छन्।

विशेषताहरू-

३३० भोल्टको उच्च भोल्टेज ईभी आर्किटेक्चर जडान गरिएको यी गाडीहरूले राम्रो दक्षता प्रदान गर्छ । यसमा रहेको फास्ट चार्जिङले यसलाई एक घण्टाभन्दा कम समयमा ८० प्रतिशतसम्म चार्ज गर्न सकिन्छ।

९.७ फिटसम्मको फराकिलो कार्गो बडी रहेकाे यसले ३४० क्युबिक फिटसम्मको सामान बोक्न सक्छ । ड्राइभरको थकान कम गर्न र आराम बढाउनका लागि कारमा जस्तै सुविधाहरू समावेश गरिएका छन्। यसमा रियल–टाइम डायग्नोस्टिक्सका लागि स्विच आईओएन टेक्नोलोजी प्रयोग गरिएको छ।

यसको प्लेटफर्म मोडुलर र स्केलेबल छ । जसले १.२ देखि ४.५ टनसम्मको पेलोड क्षमता भएका गाडीहरू उत्पादन गर्न सक्छ ।

हिल होल्ड असिस्ट, इलेक्ट्रिक पावर स्टेयरिङ, रिजेनेरेटिभ ब्रेकिंग, र स्वचालित ट्रान्समिसन जस्ता सुविधाहरू पनि उपलब्ध छन्। सवारी साधनहरूको मूल्य भेरियन्ट, ब्याट्री क्षमता, र अन्य सुविधाहरूमा निर्भर गर्दछ। यी गाडीको पेलोड क्षमता करिब १७०० केजीसम्म छ, जुन यस सेगमेन्टको गाडीहरूका लागि निकै राम्रो मानिन्छ।

यस गाडीको ब्याट्री क्षमता ३२.२ किलोवाट आवर रहेको छ र एकपटकको फुल चार्जमा लगभग १२० किलोमिटरसम्म गुड्न सक्छ। यसलाई चार्ज गर्न ४–५ घण्टा लाग्छ।

नेपालमा अहिले कमर्सियल इलेक्ट्रिक गाडीहरूको माग बढिरहेको छ। स्विच मोबिलिटीले आफ्ना गाडीहरूमा शून्य कार्बन उत्सर्जनको लक्ष्य राखेको छ। विश्वभरका शहरहरूमा प्रदूषण कम गर्नमा सहयोग पुर्याउने उद्देश्य लिएको छ।

Skip This
Skip This
Logo