काठमाडौं । नेपालको विद्युतीय सवारी (इभी) बजार आक्रामक बनिरहेको बेला चिनियाँ ब्रान्ड दायुनले पनि नेपालमा आफ्नो व्यवसाय विस्तार गरेको छ । चीनमा हेभी ट्रक, लाइट ट्रक, कार र मोटरसाइकल उत्पादन गर्दै आएको दायुन ग्रुपले अब सीजी मोटर्समार्फत नेपाली बजारमा आफ्नो सब–कम्प्याक्ट एसयूभी युइहुको बिक्री वितरण गरिरहेको छ।
नेपाली बजारमा ‘सबैभन्दा किफायती सब–कम्प्याक्ट एसयूभी’ को दाबीसहित आएको दायुन युइहु नेपालको सडकको अवस्थालाई सुहाउँदो र पूर्ण रूपमा उपयुक्त रहेको कम्पनीको दाबी छ।
दायुन युइहुको सबैभन्दा आकर्षक विशेषतामध्ये एक हो यसको उत्कृष्ट २०१ मिमीको ग्राउन्ड क्लियरेन्स। नेपालका खाल्डाखुल्डी र अप्ठ्यारा सडकहरूमा पनि आरामदायी यात्राको सुनिश्चितताका लागि यो ग्राउन्ड क्लियरेन्स निकै महत्त्वपूर्ण मानिन्छ। यसका साथै, यसमा रहेको फ्रन्ट एन्ड रियर इन्डिपेन्डेन्ट सस्पेन्सन ले जस्तोसुकै खराब बाटोहरूमा पनि झट्का महसुस हुन दिँदैन र यात्रालाई सहज बनाउँछ। यो सेगमेन्टमा इन्डिपेन्डेन्ट सस्पेन्सन भएको यो पहिलो गाडी भएको दाबी गरिएको छ।
दायुन युइहुको प्रदर्शन पनि उत्कृष्ट रहेको कम्पनीले बताएको छ। यसमा ३५ किलोवाटको मोटर रहेको छ, जसले १०५ एनएमको टर्क जेनेरेट गर्दछ। यसमा जडान गरिएको ३०.६६ किलोवाट आवरको ब्याट्रीले ३०० किलोमिटर भन्दा धेरैको रेन्ज प्रदान गर्छ। छोटो तथा मध्यम दूरीको यात्राका लागि यो रेन्ज पर्याप्त मानिन्छ। सबैभन्दा महत्त्वपूर्ण कुरा, डीसी चार्जर प्रयोग गरी २० प्रतिशतबाट ८० प्रतिशत चार्ज गर्न यसलाई ९० मिनेट भन्दा कम समय लाग्छ, जसले चार्ज गर्ने समयलाई निकै घटाएको छ।
दायुन युइहुमा स्प्लिट एलइडी हेडलाइट, ट्रेन्डी टेललाइट र मल्टी–स्पोक ह्वील हब जस्ता आधुनिक डिजाइनका विशेषताहरू समावेश गरिएको छ। ग्राहकको सहजताका लागि गाडीमा विभिन्न आकर्षक फिचरहरू पनि राखिएका छन्।
गाडीलाई थप आकर्षक बनाउन कम्पनीले एप्पल ग्रीन, आइभरी ह्वाइट र टिल गरी तीनवटा रङ्गका विकल्पहरू उपलब्ध गराएको छ। ग्राहकको चाहनाअनुसार भित्री भागको रङ्ग पनि कालो र क्रिमको संयोजनमा उपलब्ध हुनेछ।
दायुन युइहुको आगमनसँगै सीजी मोटर्सको पोर्टफोलियो झनै बलियो भएको छ। किफायती मूल्य, आकर्षक डिजाइन, उत्कृष्ट ग्राउन्ड क्लियरेन्स र आधुनिक सुरक्षा सुविधाहरूका कारण दायुन युइहु नेपाली उपभोक्ताहरूका लागि एक उत्कृष्ट छनोट बन्ने निश्चित छ।































प्रतिक्रिया