साउनमा पाथीभराबाट झण्डै साढे १० लाख भेटी संकलन

साउनमा पाथीभराबाट झण्डै साढे १० लाख भेटी संकलन

केन्द्रबिन्दु
6
Shares

ताप्लेजुङ । ताप्लेजुङ जिल्लाकाे प्रसिद्ध तीर्थस्थल पाथीभरामा साउन महिनामा झण्डै साढे १० लाख रुपैयाँ भेटी संकलन भएको छ । पाथीभरा क्षेत्र विकास समितिले सार्वजनिक गरेको विवरणअनुसार एक महिनाको अवधिमा कुल १० लाख ३९ हजार रुपैयाँ भेटी संकलन भएको हो ।

समितिले तीर्थयात्रीले चढाएको भेटी प्रत्येक महिना गणना गरी बैंकमा जम्मा गर्ने र त्यसको विवरण सार्वजनिक गर्ने परम्परा रहेको छ । समितिका कार्यकारी निर्देशक प्रजिन हाङबाङका अनुसार साउन महिनामा दुई हजारभन्दा बढी भक्तजन पाथीभरा दर्शनका लागि पुगेका थिए । सो अवधिमा दुई हजार १४६ दर्शनार्थी पुगेको समितिले जनाएको छ ।

गत आर्थिक वर्ष २०८१/०८२ मा दुई करोड १७ लाख आठ सय छयहत्तर जना भक्तजनले पाथीभरा दर्शन गर्दा तीन करोड ११ लाख ६४ हजार छ सय छयहत्तर रुपैयाँ भेटी संकलन भएको थियो ।

पाथीभरा समुद्र सतह देखि तीन हजार ७९४ मिटरमा अवस्थित रहेको छ । काफ्ले पाटि सम्म यातायात सहजरुपमा पुग्ने गर्दछ । काफ्पाटी देखि पाँच किलो मिटर पदमार्ग हुदै उकालो हिडे पछि पाथीभरा देवीको मुख्य पूजा धाममा पुग्न सकिन्छ ।

Logo