जोय स्टोर र प्रभु बैंकबीच विशेष छुट सम्झौता

जोय स्टोर र प्रभु बैंकबीच विशेष छुट सम्झौता

केन्द्रबिन्दु
12
Shares

काठमाडौं । काठमाडौंको न्युरोडस्थित जोय स्टोर र प्रभु बैंकबीच सम्झौता भएको छ । बैंकका ग्राहक तथा कर्मचारीलाई जोय स्टोरको सेवासुविधामा छुटसम्बन्धी सम्झौता भएको हो ।

सम्झौतापत्रमा जोय स्टोरका तर्फबाट कार्यकारी निर्देशक गुरुदत्त शर्मा तथा प्रभु बैंकका तर्फबाट चिफ मार्केटिङ अफिसर रमेशकुमार श्रेष्ठले हस्ताक्षर गरे ।

सम्झौताअनुसार प्रभु बैंकका कर्मचारी तथा ग्राहकले आईफोनमा ५ प्रतिशत र म्याकबुकमा ५ प्रतिशत र आईफोन र म्याकबुकका एसेसरिजमा २० प्रतिशतसम्म छुट पाउने छन् ।

बैंकका क्रेडिटकार्ड होल्डरलाई इन्स्ट्रापे स्किमबाट किस्ताबन्धी सुविधा पनि पाउने भएका छन् । सो छुट सेवासुविधा जोय स्टोरमा प्राप्त गर्न सकिनेछ। प्रभु बैंकले नेपालभर ३१२ शाखा कार्यालय, २८६ एटीएम साथै ६८ एक्सटेन्सन काउन्टरमार्फत करिब ३१ लाखभन्दा बढी ग्राहकलाई सेवा दिँदै आएको छ ।

Logo