काठमाडौं । भोलिदेखि सुरु हुने ‘नाडा अटो शो २०२५’ मा स्काइवेलले आफ्ना गाडीका खरिदकर्तालाई आकर्षक अफरहरु ल्याएको छ। यस अटो शोमा स्काइवेलका गाडीहरू बुकिङ गर्ने ग्राहकहरूले ‘युरोप टुर फर फ्यामिली’ प्याकेज जित्ने अवसर पाउने भएका छन् ।
नाडा अटो शो अवधिमा, स्काइवेलको नेपालका लागि आधिकारिक बिक्रेता जी मोटर्स प्रालिले ल्याएको यो विशेष अफरमा स्काइवेलका गाडी बुकिङ गर्ने ग्राहकहरूले आफ्नो परिवारसहित युरोपको भ्रमण गर्ने अवसर पाउने छन्। स्काइवेलका गाडीहरू बुकिङ गर्ने ग्राहकलाई सपरिवार युरोप भ्रमणको प्याकेज प्रदान गरिने जानकारी दिए। यो भ्रमणको क्रममा ग्राहकले युरोपमा स्काइवेल गाडीको टेस्ट ड्राइभ गर्ने अद्वितीय अवसरसमेत पाउनेछन्।
यसका अलावा स्काइवेलले अन्य आकर्षक उपहारहरू पनि समावेश गरेको छ। गाडी बुकिङ गर्ने हरेक ग्राहकलाई उपहार स्वरुप डाइमन्ड नेकलेस प्रदान गरिनेछ। भाग्यशाली ग्राहकले एक शानदार रोलेक्स घडी जित्नेछन् । यी बाहेक, ग्राहकहरूले थप विशेष बोनस र छुटहरू पनि पाउनेछन्।
गाडी खरिदलाई सहज बनाउन जी मोटर्सले वित्तीय सुविधामा पनि ठूलो सहुलियत प्रदान गरेको छ। कम्पनीका प्रबन्ध निर्देशक कैलाशबाबु गेलालका अनुसार, ग्राहकहरूले गाडीको मूल्यको ८०% सम्म फाइनान्स सुविधा प्राप्त गर्न सक्नेछन्। यसका साथै, कम्पनीले ग्राहकलाई ठूलो आर्थिक राहत प्रदान गर्दै १ वर्षको सवारी कर आफैंले तिरिदिनेछ।
स्काइवेलको यो अफरले नाडा अटो शो २०२५ मा धेरैको ध्यान खिच्ने अपेक्षा गरिएको छ। यसले केवल गाडी खरिदको सुविधा मात्र नभई ग्राहकहरूलाई एक अविस्मरणीय अनुभव र आकर्षक उपहारहरू पनि प्रदान गर्नेछ।





























प्रतिक्रिया