प्रभु बैंकका ग्राहक तथा कर्मचारीहरूलाई अन्नपूर्ण न्यूरो हस्पिटलमा विशेष छुट

प्रभु बैंकका ग्राहक तथा कर्मचारीहरूलाई अन्नपूर्ण न्यूरो हस्पिटलमा विशेष छुट

केन्द्रबिन्दु
6
Shares

काठमाडौं । अन्नपूर्ण न्यूरो हस्पिटल र प्रभु बैंक लिमिटेडबिच बैंकका ग्राहक तथा कर्मचारीहरूलाई हस्पिटलका सेवामा विशेष छुट दिनेसम्बन्धी सम्झौता भएको छ।

सम्झौताअनुसार प्रभु बैंकका कर्मचारी, उनीहरूको परिवार र बैंकका ग्राहकहरूले अन्नपूर्ण न्यूरो हस्पिटलमा विभिन्न सेवामा १० देखि १५ प्रतिशतसम्म छुट पाउनेछन्।

उक्त सम्झौतापत्रमा अन्नपूर्ण न्यूरो हस्पिटलका तर्फबाट मेडिकल प्रशासक डा. शरद गजुरेल र मार्केटिङ म्यानेजर प्रेमकुमार दाहाल तथा प्रभु बैंकका तर्फबाट चिफ मार्केटिङ अफिसर रमेशकुमार श्रेष्ठ र मार्केटिङ म्यानेजर दिना चित्रकारले हस्ताक्षर गरेका छन्।

Logo