यस्तो छ नेपाल भित्रिएको पहिलो ‘उड्ने ट्याक्सी’ [तस्विरहरु]

यस्तो छ नेपाल भित्रिएको पहिलो ‘उड्ने ट्याक्सी’ [तस्विरहरु]

केन्द्रबिन्दु
27
Shares

काठमाडौं । भृकुटीमण्डपमा आजदेखि सुरु भएको नाडा अटो शो २०२५ को प्रमुख आकर्षण मानिएकाे उड्ने ट्याक्सी सार्वजनिक भएको छ ।

नेपालकै पहिलो उड्ने ट्याक्सी दिपलको ईभीटोललाई प्रधानमन्त्री केपी शर्मा ओलीले सार्वजनिक गरेका हुन् । एमएडब्लु वृद्धिले चिनियाँ कार निर्माता चांगान अटोसँग सहकार्य गरेर नेपालमा नयाँ युगको मोबिलिटीको सुरुआत भएको सन्देश दिँदै ईभीटोल (इलेक्ट्रोनिक भर्टिकल टेकअफ एन्ड ल्यान्डिङ)लाई नाडामा राखेकाे हो ।

दुईजना बस्न मिल्ने यस कारलाई स्वचालित रुपमा उडाउन मिल्छ । एक पटकको फुल चार्जमा ३० किलोमिटर रेन्ज प्रदान गर्ने यस कारको स्पिड भने प्रतिघण्टा १३० किलोमिटर मात्रै छ । यसले एकचोटिमा २१ मिनेटसम्म उडान भर्ने क्षमता राख्छ। ब्याट्री पूरा रिचार्ज हुन दुई घन्टा लाग्छ।

झट्ट हेर्दा यो ठूलो आकारको चराजस्तै देखिन्छ। यसका दुइटा ढोका चराको पखेटाझैं माथितिर खुल्छन्। छत र ढोकामा सिसा प्रयोग गरिएको छ, जसले आकाशमा उड्दै वरिपरिको दृश्य हेर्न सजिलो हुन्छ।

Skip This
Skip This
Logo