काठमाडौं । नेपालको बजारमा टुनल्यान्ड जि७ को सफल लन्चपछि फोटोन टुनल्यान्ड यसपटक नाडा अटो शोमा आफ्ना उत्कृष्ट गाडीहरू प्रदर्शनीमा राखिरहेका छन् ।
यीमध्ये तीन प्रमुख मोडल टुनल्यान्ड भि९ टुनल्यान्ड जि७ र ईटुनल्यान्ड विशेष आकर्षण बन्नेछन् । यी सबै गाडीहरू उच्च पर्फर्मेन्स, दमदार एक्सटेरियर र भरपर्दो सुविधाका लागि परिचित छन् ।
हाइब्रिड पिकअप इटुनल्यान्ड भि७ एक मजबुत र शक्तिशाली गाडी हो, जुन हरेक किसिमका सडक तथा ड्राइभिङ अवस्थाका लागि उपयुक्त छ । चाहे कामका लागि होस् वा मनोरञ्जनका लागि, साहसिक यात्रादेखि लामो दूरीको भ्रमणसम्म, यो सबैका लागि उपयुक्त छ । यसको शक्तिशाली इन्जिन र आकर्षक डिजाइनले नाडा अटो शोमा सबैको ध्यान खिच्ने पक्का छ ।
इटुनल्यान्ड जि७ नेपालमै ठूलो सफलता हासिल गरिसकेको एक स्टाइलिश पिकअप हो, जुन अहिले नाडा अटो शोमा प्रदर्शित भइरहेको छ । सहज ड्राइभिङ मन पराउने चालकको रोजाइमा पर्न सफल यो मोडलले आकर्षक लुक, आरामदायी इन्टेरियर र मजबुत ड्राइभिङ अनुभव दिन्छ । यसको प्रदर्शन र आरामको स्तरले जोकोहीलाई प्रभावित पार्छ ।
त्यसपछि हामीसँग भटुनल्यान्ड रहेको छ जुन इलेक्ट्रिक पिकअप हो र यसले टुनल्यान्डको ग्रीन भविष्यतर्फको कदमलाई देखाउँछ । इन्धनरहित पिकअप ल्याएर टुनल्याण्डले वातावरणमैत्री विकल्प प्रदान गर्दैछ । जसमा फोटोन टुनल्यान्डका गाडीबाट सधैं अपेक्षा गरिने पावर र पर्फर्मेन्सका विशेषता भने यथावत छन् ।





























प्रतिक्रिया