काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले अर्डर भइसकेका युरो-६ प्रदूषण मापदण्डभन्दा कमका सवारी एकपटकका लागि आयात गर्न दिन सरकारसँग आग्रह गरेका छन् ।
नाडा नेपाल अटोमोबाइल्स एसोसिएसनको आयोजनामा भृकुटीमण्डपमा सुरु भएको नाडा अटो शो, २०२५ मा उनले सरकारले लागू गरेको युरो-६ मापदण्ड सकारात्मक भए पनि तत्कालीन कार्यान्वयनले केही समस्या निम्त्याउन सक्ने भन्दै एकपटक अनुमति दिन आग्रह गरेका हुन् ।
पछिल्लो समय विद्युतीय सवारीको आयात बढिरहेको उल्लेख गर्दै उनले नेपालमा सवारी एसेम्बल उद्योग, डाटा सेन्टरको सम्भावना भएको बताए । उनले भने, “पछिल्ला केही वर्षमा नेपालले चुनौतीपूर्ण आर्थिक अवस्था भोगे पनि हाल बजारमा सुधारका सङ्केत देखिएका छन्, दुई वर्ष अघिभन्दा सवारीसाधनको बिक्री करिब ४० प्रतिशतले वृद्धि भएको छ ।”





























प्रतिक्रिया