काठमाडाैं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड र काठमाडौंको मध्य वानेश्वरस्थित किड्स क्लिनिकबीच छुटसम्बन्धी सम्झौता भएको छ ।
सम्झौताअनुसार किड्स क्लिनिकका विशेषज्ञ डाक्टरहरूको बहिरङ्ग सेवा (ओपीडी) र प्रयोगशाला (ल्याब)को शुल्क तथा औषधीको मूल्यमा सांग्रिला डेभलपमेन्ट बैंकका शेयरधनी र कर्मचारीले १५ प्रतिशत तथा ग्राहक (डेबिट कार्ड र मोबाइल बैंकिङ सेवा लिएका)ले १० प्रतिशत छुट पाउने छन् ।
सम्झौतापत्रमा सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड, बालुवाटार शाखाका प्रवन्धक मनोहर महोत्रा र किड्स क्लिनिकका निर्देशक डा. पुष्पराज अवस्थीले हस्ताक्षर गरेका हुन् ।
आम नागरिकको प्रगाढ विश्वास र भरोसाले गर्दा साग्रिला डेभलपमेन्ट बैंकले हाल मुलुकभर १०९ शाखा कार्यालय र ३० वटा एटीएममार्फत सेवा प्रवाह गर्दै आएको छ । यस्तै, किड्स क्लिनिक वाल स्वास्थ्य सम्बन्धि विधागत विशेषज्ञ डाक्टरहरूले सञ्चालन गरेको क्लिनिक हो ।





























प्रतिक्रिया