काठमाडौं । दिपलकाे नेपालका लागि आधिकारीक वितरक एमएडब्लु वृद्धिले नाडा अटाे शाेमा राखिएकाे ईभी दिपल एस०७ आईसीएका लागि ‘एमएडब्लु–ग्यारेन्टेड बाई ब्याक’ ग्राहक योजना ल्याएकाे छ ।
यस योजना अन्तर्गत दिपल एस ०७ खरिद गर्ने ग्राहकले आफ्नो ईभी बेच्न चाहेमा किनेको दोस्रो वर्षदेखि पाँचौं वर्ष सम्ममा एमएडब्लुबाट ‘ग्यारेन्टेड बाइ ब्याक भ्यालु’ पाउने जनाइएको छ । यसबाट दिपल एस ०७ खरिद गर्ने ग्राहकको ‘कन्फिडेन्स’ बढ्नुका साथै ‘ब्याट्री लाइफ’ र ‘रिसेल भ्यालु’ को चिन्ताबाट मुक्त गर्ने अपेक्षा एमएडब्लुले गरेको छ ।
दोस्रोदेखि पाँच वर्षसम्ममा दिपल एस ०७ छोडेर एमएडब्लु वृद्धिको ‘पोर्टफोलियो’ मा भएका कार खरिद गर्न चाहेमा ‘ग्यारेन्टेड रिसेल भ्यालु’ दिइनेछ ।
यो योजनासँगै ग्राहकले ‘जिरो ओनरशिप कस्ट फर फाइभ इयर’ अर्थात दिपल एस०७ चढ्दा पाँच वर्षसम्म कुनै खर्च नलाग्ने योजनाको उपभोग गर्न समेत पाउनेछन् । साथै, पाँच वर्षसम्म निशुल्क ‘अटो प्लस इन्स्योरेन्स’, निशुल्क ‘पेरियोडिक मेन्टेनेन्स’, निशुल्क चार्जिङमा लाग्ने शुल्क र निशुल्क ‘रोड ट्याक्स’ लगायतका सुविधा पाइनेछ ।
‘बाई ब्याक ग्यारेन्टी’ र ‘जिरो ओनरशिप कस्ट फर फाइभ इयर’ जस्ता दुई योजनाले लक्जरी इभी सेग्मेन्टमा दिपल एस ०७ आईसीको नेतृत्वलाई अझ बलियो बनाउनेछ ।





























प्रतिक्रिया