काठमाडौं । भृकुटीमण्डपमा जारी नेपालकै ठूलो सवारीसाधन प्रदर्शनी मेला १७औँ संस्करणको ‘नाडा अटो शो २०२५’ मा अवलोकनकर्ताहरु झुम्मिएका छन् ।
आयोजक अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा)का अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेको शोको तीन दिनमै ७८ हजार ५१३ अवलोकनकर्ताले प्रदर्शनी अवलोकन गरिसकेका छन् । आर्थिक चुनौतीबीच पनि नेपाली जनतामा अटो शो प्रतिको बढ्दो आकर्षण र विश्वास प्रकट भएको नाडाले जनाएको छ।
अटो शोमा २ करोड २० लाख रुपैयाँ पर्ने गाडीदेखि ‘उड्ने कार’ हेर्न दर्शकको भिड लागेको छ । ८ भदौसम्म चल्ने शोमा चार पाङ्ग्रे र दुई पाङ्ग्रे सवारीसाधनका नयाँ मोडेलहरू, तिनका पार्टपुर्जा, टायर, ब्याट्री र अन्य एसेसरिजहरू एउटै छानामुनि प्रदर्शनमा राखिएका छन् । आयोजकले यस पटक लाखौं अवलोकनकर्ताले भ्रमण गर्ने अपेक्षा गरेको छ ।































प्रतिक्रिया