वैदेशिक व्यापार : साउन महिनामा आयात र निर्यात दुवै बढ्यो

वैदेशिक व्यापार : साउन महिनामा आयात र निर्यात दुवै बढ्यो

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को साउन महिनामा १ खर्ब ४३ अर्ब ६ करोड ६ लाख रुपैयाँ बराबरको सामान आयात भएको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्याङ्कअनुसार आयात ११.४२ प्रतिशतले बढेको हो

विभागका अनुसार साउन महिनामा २३ अर्ब ९३ करोड २४ लाख रुपैयाँ बराबरको वस्तु निर्यात भएको छ। यो अवधिमा निर्यात ९५.७५ प्रतिशत बढेको छ। गत आर्थिक वर्ष २०८१/८२ को साउनमा १ खर्ब २८ अर्ब ३७ करोड ७१ लाख रुपैयाँ बराबरको वस्तु तथा सेवा आयात हुँदा १२ अर्ब २२ करोड ६१ लाख रुपैयाँको निर्यात भएको थियो ।

चालु आवको साउनमा व्यापार घाटा २.५५ प्रतिशत बढेर १ खर्ब १९ अर्ब १० करोड ८२ लाख रुपैयाँ पुगेको छ । जबकि गत वर्षको साउनमा १ खर्ब १६ अर्ब १५ करोड रुपैयाँ बराबरको व्यापार घाटा थियो ।

विभागको तथ्याङ्क अनुसार आयात निर्यात रेसियो ५.९८ रुपैयाँ अनुपातमा झरेको छ । यसअघि गत वर्षको साउनमा आयात निर्यात रेसियो १०.५० रुपैयाँ थियो । कुल वैदेशिक व्यापारमा निर्यातको हिस्सा १४.३३ प्रतिशत पुगेको छ । यसअघि गत वर्षको साउनमा ८.७० प्रतिशत थियो ।

Skip This
Skip This
Logo