यी हुन् साउन महिनामा सर्वाधिक आयात भएका १० वस्तु

यी हुन् साउन महिनामा सर्वाधिक आयात भएका १० वस्तु

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को साउन महिनामा १ खर्ब ४३ अर्ब ६ करोड ६ लाख रुपैयाँ बराबरको सामान आयात भएको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्याङ्कअनुसार आयात ११.४२ प्रतिशतले बढेको हो। गत आर्थिक वर्षको सोही अवधिमा १ खर्ब २८ अर्ब ३७ करोड ७१ लाख रुपैयाँ बराबरको वस्तु तथा सेवा आयात भएको थियो ।

भन्सार विभागका अनुसार यस अवधिमा सबैभन्दा धेरै काँचो सोयाबिन तेल आयात भएको छ। यो अवधिमा १० अर्ब ८० करोड ९५ लाख रुपैयाँ बराबरको ७१ लाख लिटरभन्दा बढी काँचो सोयाबिन तेल आयात भएको छ। त्यसैगरी, डिजेल र पेट्रोल आयातक्रममा दोस्रो र तेस्रो स्थानमा रहेका छन्। एक महिनाको अवधिमा ५ अर्ब ८ करोड र ५७ करोड रुपैयाँ बराबरको डिजेल आयात भएको छ । त्यसैगरी, ५ अर्ब ७७ करोड १४ लाख रुपैयाँ बराबरको पेट्रोल आयात भएको छ ।

यो अवधिमा ४ अर्ब ६६ करोड ६४ लाख रुपैयाँ बराबरको एलपी ग्यास आयात भएको छ भने ३ अर्ब ९१ करोड १२ लाख रुपैयाँ बराबरको ४ करोड ब बढी केजी डीएपी मल आयात भएको छ ।

३ अर्ब ९१ करोड १२ लाख रुपैयाँको कच्चा फलामजन्य उत्पादन आयात भएको छ । भन्सार विभागका अनुसार एक महिनाको अवधिमा ३ अर्ब ४१ करोड ९२ लाख रुपैयाँको स्मार्टफोन आयात भएको छ। ३ अर्बको फलामे पाना आयात हुँदा २ अर्ब ३० करोड रुपैयाँको मल आयात भएको छ ।

त्यसैगरी २ अर्ब ३ करोड ७२ लाख रुपैयाँको अन्य कोइला आयात भएको विभागले जनाएको छ ।

Logo