काठमाडौं । टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले वीरगञ्जमा टाटा ईभी अटो शो सुरु गरेको छ ।
प्राइम अटो ट्रेडर्ससंगको सहकार्यमा आइतबारसम्म चल्ने उक्त अटो शोमा टाटा मोटर्सका नवीनतम विद्युतीय मोडलहरूको प्रदर्शनीसँगै ग्राहकका लागि आकर्षक अफर उपलब्ध गराइएको छ ।
अफरमा फ्री लाइफटाइम डिसी फास्ट चार्जिङ, आकर्षक छुट, उच्चतम एक्सचेन्ज भ्यालुएसन, ३ वर्षसम्म निःशुल्क सर्भिसिङ, निःशुल्क कम्प्रिहेन्सिभ इन्स्योरेन्स, निःशुल्क एसेसोरिज, निःशुल्क वार्षिक सवारी कर, निःशुल्क होम चार्जिङ इन्स्टलेसन, र निःशुल्क एम्बोस्ड नम्बर प्लेट जस्ता सुविधाहरू समावेश रहेकाे कम्पनीले जनाएकाे छ ।
यस अटो शोमा प्रदर्शित ईभी मोडलहरूमा कर्भ, नेक्सस के३, पन्च, टिगोर र टियागो रहेका छन् । यससँगै, अटो शोमा आउने आगन्तुकका लागि फुड स्टल, रमाइलो खेल गतिविधि र मनोरञ्जनात्मक कार्यक्रमसमेत व्यवस्था गरिएको छ ।





























प्रतिक्रिया