नाडा अटो शो २०२५ मा ४ दिनमै १ लाख बढीले गरे अवलाेकन

नाडा अटो शो २०२५ मा ४ दिनमै १ लाख बढीले गरे अवलाेकन

केन्द्रबिन्दु
6
Shares

काठमाडौं । नाडा अटोमोबाइल्स् एसोसिएसन अफ नेपालले आयोजना गरेको १७औँ संस्करणको नाडा अटो शो २०२५ ले नयाँ इतिहास रचेको छ।

भृकुटीमण्डपमा भदौ ३ देखि जारी प्रदर्शनीले पहिलो चार दिनमै १ लाखभन्दा बढी दर्शकलाई आकर्षित गरेको हाे ।

पहिलो तीन दिनमै ७८ हजार दर्शकले अवलोकन गरेको यो शोले चौथो दिनसम्म आइपुग्दा १ लाखको आँकडा पार गरेको नाडाका अध्यक्ष करण चौधरीले जानकारी दिए। उनले भने, “यो उपलब्धि हाम्रो लागि नयाँ सुरुवात हो। नेपाली जनताको यो उत्साहले नेपाललाई अटोमोटिभ नवप्रवर्तन र भविष्योन्मुख मोबिलिटीको केन्द्र बनाउने हाम्रो आत्मविश्वासलाई थप बलियो बनाएको छ।”

यो तथ्याङ्कले नेपाली अटोमोटिभ क्षेत्रप्रतिको उत्साह र विश्वासलाई प्रष्ट रूपमा झल्काएको छ।

यो संस्करणले “गो फर मोर” भन्ने नाराका साथ विद्युतीय सवारी (ईभी), स्मार्ट मोबिलिटी, र दिगो प्रविधिलाई जोड दिएको छ। प्रदर्शनीमा १२५ भन्दा बढी कम्पनीहरूको सहभागिता रहेको छ, जसमा १९ वटा चारपाङ्ग्रे, १३ वटा हलुका व्यावसायिक सवारी, र ४ वटा दुईपाङ्ग्रे ब्रान्डहरू समावेश छन्। साथै, टायर, लुब्रिकेन्ट्स, र वित्तीय सेवासँग सम्बन्धित ३५ कम्पनीहरूले पनि आफ्ना उत्पादन र सेवाहरू प्रदर्शन गरेका छन्।

Logo