काठमाडौं । नाडा अटो शो २०२५ मा लन्च भएकाे विश्वप्रसिद्ध आइएफ डिजाइन अवार्डबाट सम्मानित दीपल एस-०५ क्रसओभर एसयूभीमा अटाेप्रेमीहरु झुम्मिएका छन् ।
यसकाे सुरुवाती मूल्य ४८ लाख ९९ हजार तोकिएको छ । एस-०५ लाई ४० प्रतिशत डाउन पेमेन्ट गरेर खरिद गर्दा मासिक ४३ हजार २६५ रुपैयाँ किस्ता तिर्दा पुग्छ । विभिन्न बैंकहरुले नाडामा अटाे कर्जा पनि प्रदान गरिरहेका छन् । जसमा ६ देखि ८ प्रतिशत ब्याजदर ताेकिएकाे छ ।
यदि, तपाईंले कृषि विकास बैंकबाट कर्जा लिएर दीपल एस-०५ को इन्ट्री भेरियन्ट खरिद गर्नुभयो भने ७ वर्षसम्म मासिक ४३ हजार रुपैयाँ किस्ता तिर्नु पर्ने हुन्छ ।
तपाईले कर्जा लिँदाको समयमा भन्दा ब्याजदर महंगो पर्न गएको खण्डमा मासिक किस्ता केही बढ्ने छ । यसरी दीपल एस-०५ किन्नेले सुरुमा मूल्यको ४० प्रतिशतले हुन आउने १९ लाख ५९ हजार ६०० रुपैयाँ डाउन पेमेन्ट वापत बुझाउनु पर्ने हुन्छ । बाँकी रकम २९ लाख ३९ हजार ४०० रुपैयाँ बैंकबाट कर्जा लिन सकिन्छ ।
दीपल एस-०५ क्रसओभर एसयूभीमा ‘क्वीन को-पाइलट प्यासेन्जर सिट’ र ‘वेलकम सिट’ सुविधा, साँघुरो ठाउँमा बाहिरैबाट गाडी पार्किङ गर्न मिल्ने ‘रिमोट इन एन्ड आउट पार्किङ’ प्रणाली, र चालकको आँखामै गाडीको गति र नेभिगेसन देखाउने ‘हेड-अप डिस्प्ले’ जस्ता अत्याधुनिक फिचरहरू समावेश छन्।
यसमा गाडी बाहिर रहेका व्यक्तिसँग भित्रैबाट संवाद गर्न मिल्ने सुविधा, १८ वटा उच्च गुणस्तरका स्पिकर, स्पोटिफाई र युट्युब जस्ता एप चलाउन मिल्ने कनेक्टेड फिचरहरू र एडीएएस २.० प्रणाली अन्तर्गत १९ वटा उन्नत सुरक्षा फिचर छन्, जुन यो सेग्मेन्टमा सबैभन्दा बढी हो। गाडीमा सीएटीएलको ‘गोल्डेन सिल्ड ब्याट्री सिस्टम २.०’ प्रयोग गरिएको छ, जसको आयु ५,००० साइकलसम्म हुने दाबी गरिएको छ।































प्रतिक्रिया