नाडामा स्काइवेलले राखेकाे ‘बीई ११’ र ‘ईटी ५’ कुन कस्ता ?

नाडामा स्काइवेलले राखेकाे ‘बीई ११’ र ‘ईटी ५’ कुन कस्ता ?

केन्द्रबिन्दु
6
Shares

काठमाडौं । भृकुटीमण्डपमा जारी नाडा अटो शो, २०२५ मा स्काइवेलका इलेक्ट्रिक एसयूभी ‘बीई ११’ र ‘ईटी ५’ प्रदर्शनीमा राखिएका छन् ।

नेपालका लागि आधिकारीक वितरक जी मोटर्स प्रालिले सुलभ प्रिमियम अनुभव खोज्नेका लागि स्काइवेल बीई ११ र अधिकतम रेन्ज र विलासी सुविधा चाहनेका लागि ईटी ५ राखेपछि अवलोकनकर्ताको पनि आकर्षणको केन्द्र बनेको छ । यी कुनै मोडल बुकिङ गर्दा स्काइवेलले डायमन्ड नेकलेस उपहारसहित ‘युरोप टुर फर फ्यामिली’ अफर सार्वजनिक गरिसकेको छ, जसले पनि अटोप्रेमी झुम्मिएका छन् ।

सुरुमा चर्चा गरौं, स्काइवेल बीई ११ को । यसको स्ट्यान्डर्ड रेन्ज भेरिएन्टमा ५१ किलोवाट–आवरको ब्याट्रीले ४१० किलोमिटरसम्म यात्रा गर्न सक्छ । नेपाली बजारमा यसको मूल्य ७९ लाख ९० हजार कायम छ । लामो दुरी यात्रा गर्नुपर्नेका लागि लङ–रेन्ज भेरिएन्टमा ७२ किलोवाट–आवर ब्याट्री प्याकको विकल्प समेत रहेको छ । लङ रेन्ज भेरियन्टले ५२० किलोमिटरसम्मको यात्रा सजिलै गर्न सकिने कम्पनीको दाबी छ । नाडा लक्षित मूल्य ८९ लाख ९० हजार रुपैयाँ राखिएको छ ।

पर्फर्मेन्सको हिसाबले, दुवै भेरियन्टमा १५० किलोवाट क्षमताको इलेक्ट्रिक मोटर राखिएको छ, जसले करिब २०१ हर्सपावर बराबरको शक्ति दिन्छ ।

यसैगरी विलासी सुविधासहित सिंगल चार्जमा ६२० किलोमिटर रेन्ज दिने विद्युतीय सवारी हो, स्काइवेलको ईटी५ । यसको मूल्य एक करोड १५ लाख कायम गरिएको छ ।

विलासी डिजाइन, लामो रेन्ज र नेपाली सडकका लागि उपयुक्त ग्राउन्ड क्लियरेन्सका कारण नाडामा अवलोकनकर्ताको ध्यान आकर्षित गरेको छ । ईटी ५ मा रहेको ८६ किलोवाट–आवर ब्याट्री प्याकले ६२० किलोमिटरको विशाल रेन्ज प्रदान गर्छ । यसले काठमाडौं–पोखरा वा काठमाडौं–चितवन यात्रा सिंगल चार्जमा गर्न सकिने कम्पनीले जनाएको छ । ईटी ५मा जडान गरिएको १५० किलोवाट क्षमताको इलेक्ट्रिक मोटरले करिब २०१ हर्सपावर बराबरको पावर र ३२० एनएम टर्क उत्पादन गर्छ ।

Logo