‘नाडा अटो शो २०२५’ ऐतिहासिक, अब नाडालाई अटोमोबाइल्स महासंघमा रुपान्तरण गर्ने प्रस्ताव

‘नाडा अटो शो २०२५’ ऐतिहासिक, अब नाडालाई अटोमोबाइल्स महासंघमा रुपान्तरण गर्ने प्रस्ताव

केन्द्रबिन्दु
291
Shares

काठमाडाैं । नाडा अटो शो २०२५ भव्यताका साथ सम्पन्न भएको छ । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पाैडेलको प्रमुख आतिथ्यमा अटो शो सम्पन्न भएको हाे । प्रधानमन्त्री केपी शर्मा ओलीबाट शुभारम्भ भएको यस १७औं संस्करणको नाडा अटो शो २०२५ मा एक लाख ७६ हजार ७८५ दर्शकहरुले अवलोकन गरेका छन् ।

निकै व्यवस्थित रुपमा सञ्चालित यस प्रदर्शनीमा उत्कृष्ट रुपमा श्रृंगारिएका स्टल र अन्तर्राष्ट्रिय रुपमा सञ्चालनका लेटेस्ट मोडलका सवारी साधनहरुको कारण यो प्रदर्शनी गत वर्षहरुमा भन्दा निकै भव्य रुपमा सम्पन्न मात्र भएको छैन, दर्शकहरुको उपस्थिति‍को हिसाबले यो प्रदर्शनी ऐतिहासिक बन्न पुगेको छ । उनले सवारी साधन, रोबोटिक ख्याल र इनका कारणले मात्र होइन जुनसुकै नयाँ ब्रान्डका विद्युतिय सवारी साधनहरुको कारण यो प्रदर्शनीमा निकै ठुलो भिड लागेको थियो ।

नाडा अटो शो २०२५ को अवसरमा नाडाले हरेक दिन विभिन्न विषयहरुमा अन्तरक्रिया कार्यक्रमहरु समेत सम्पन्न गरेको थियो ।

नाडा अटो शोको पहिलो दिन अटोमोटिभ कम्पोनेन्ट मेनुफ्याक्चरर्स एसोसिएशनका कार्य समिति सदस्य रिठुश गुप्ता, सोसाइटी अफ इन्डीयन अटोमोबाइल्स मेनुफ्याक्चरर्स (सियम) का कार्यकारी निर्देशक अटाणु गांगुलीको प्रमुख आतिथ्यमा इन्टरनेशनल अटो ट्रेड डायलगतमा विषय भएको थियो ।

नाडा अटो शोको दोस्रो दिन इमाक्सनको सहयोगमा उद्योग वाणिज्य मन्त्रालयका सचिव कृष्णबहादुर रावतको प्रमुख आतिथ्यमा ड्राइभिङ्ग द फ्युचर, इभ्र इन्ड्स इन नेपाल विषयमा अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको थियो ।

नाडा अटो शो को तेस्रो दिन नेपाल आर्थिक पत्रकार संगठनको सहयोगमा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक गुरुप्रसाद पाण्डेको प्रमुख आतिथ्यमा कर्जा नीतिमा स्थिरता, अटोमोवाइल बजारको दिर्घकालिन विकासको आधार भित्र विषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको थियो ।

नाडा अटो शोको चौथो दिन नाडाका फाउण्डर प्रदिप भट्टराईको प्रमुख आतिथ्यमा फ्लाइट अफ टेक्नोलोजी विषयमा र सोही दिन नेपाल राष्ट्र बैंकका पुर्व गर्भनर दिपेन्द्र क्षेत्रीको प्रमुख आतिथ्यमा र नेपाल अटो पत्रकार संघको सहकार्यमा युथ मोबिलिटी एन्ड नेशनल ग्रिन भन्ने विषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको थियो ।

यसै क्रममा नाडा अटो शो को पाँचौ दिनमा पनि काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख लवराज अधिकारीको प्रमुख आतिथ्यमा सडक र यातायात विषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको थियो ।

त्यसैगरी आज नाडाका महासचिव सुरेन्द्रकुमार उप्रेतीको प्रमुख आतिथ्यमा मेड इन नेपाल विषयमा पनि एउटा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको थियो ।

समापनकै दिन बसेको नाडा केन्द्रिय कार्य समितिको २१औं बैठकले नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाललाई नाडा अटोमोबाइल्स महासंघ नेपालमा रुपान्तरण गर्ने प्रस्तावसहित विविध साधारण सभा भाद्र २४ गते आह्वान गर्ने घोषणा गरेको छ । यो कदम नाडाको स्वर्ण जयन्ती बर्षतर्फको ऐतिहासिक तयारीका रुपमा लिइएको छ ।

उत्कृष्ट स्टलहरुको छनोट

यस पटकको अटो शोमा स्टल निर्माणमा सबै कम्पनीले निकै मेहनत गरेको देखिन्छ र त्यसैगरी यो प्रदर्शनीमा उत्कृष्ट सवारीसाधनको स्टल दिपाल, एमएडल्यु अटो कर्प प्रा.लि.ले जितेको छ र उत्कृष्ट दुईपाङ्ग्रे सवारी साधनतर्फको स्टल रोयल इनफिल्ड अल्का अटोमोटिभ प्रा.लि.ले जितेको छ ।

त्यसैगरी लाइट कमर्सियल भेहिकलको बेस्ट स्टल अवार्ड किर अल्ट्रेक इभि प्रा.लि.ले जितेको छ र बेस्ट सपोर्टिङ्ग स्टलको बेस्ट अवार्ड हिको प्रा.लि.ले जितेको छ । त्यसैगरी बैंक तथा इन्स्योरेन्समा ग्लोबल आइएमइ बैंक लिमिटेडले जितेको छ ।

सो समापन कार्यक्रममा नाडाका अध्यक्ष करण चौधरीले नाडा अटो शो २०२५ लाई सफल बनाउन सहयोग पुर्‍याउने सबै सरोकारवाला कम्पनी र संस्था सबैलाई धन्यवाद दिए । नाडा अटो शो २०२५ सफल गर्न अध्यक्ष चौधरीको संयोजकत्वमा नाडा अटो शो २०२५ तयारी समिति समेत गठन गरेको थियो । उक्त प्रदर्शनीको क्रममा नाडाले सोही परिसरमा लाइसेन्स ब्लक अफ काठमाडौंलगायतका संस्थाहरुका सहयोगमा रक्तदान कार्यक्रम समेत सम्पन्न गरेको थियो ।

६ दिनसम्म चलेको सो प्रदर्शनीमा विशिष्ट व्यक्तिहरुले समेत अवलोकन गरेका थिए । प्रधानमन्त्री केपी शर्मा ओलीसँगै सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल, उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल, भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल, स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पैडेल, नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, प्रतिनिधि सभा सदस्य माधवकुमार नेपाल, प्रतिनिधि सभा सदस्य राजेन्द्र लिङ्देन, कोशी प्रदेशका मुख्यमन्त्री यमलाल कँडेल, राष्ट्रिय सभा सदस्य नारायणकाजी श्रेष्ठ, प्रतिनिधि सभा सदस्य योगेश भट्टराई, प्रतिनिधि सभा सदस्य हरि ढकाल, प्रतिनिधि सभा सदस्य शिशिर खनाल, प्रतिनिधि सभा सदस्य गणेश पराजुलीलगायतले अवलोकन गरेका थिए । त्यसैगरी अध्यात्म विभागका महानिर्देशक रामचन्द्र तिवारी, काठमाडौं महानगरपालिकाका उपमेयर सुनिता डंगोलले समेत अवलोकन गरेका थिए ।

त्यसैगरी नेपाल सरकारका मुख्य सचिव एकनारायण अर्याल, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव कृष्णबहादुर रावत, नेपाली सेनाका रथी निर्मलकुमार थापा, प्रहरी अतिरिक्त महानिरीक्षक टेकबहादुर तामाङ्ग, राष्ट्रिय योजना आयोगका पूर्व अध्यक्ष तथा नेपाल राष्ट्र बैंकका पूर्व गर्भनर दिपेन्द्रबहादुर क्षेत्री, अर्थ मन्त्रालयका सहसचिव महेश्वरकुमार भट्टराई, भन्सार विभागका उपमहानिर्देशक अमृत लम्साल, काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख लवराज अधिकारी, काठमाडौं भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत राजेन्द्रप्रसाद चुडाल, यातायात व्यवस्था विभागका निर्देशक नर्हरी तिवारी, नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक गुरुप्रसाद पौडेल, नेपाल इन्टरमोडाल ट्रान्सपोर्ट डेभलपमेन्ट बोर्डका कार्यकारी निर्देशक आशिष गजुरेल, कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले प्रदर्शनीको अवलोकन गरेका थिए ।

साथै नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल, नेपाल उद्योग परिसंघका वरिष्ठ उपाध्यक्ष विष्णु चौधरी, सार्वजनिक यातायातको केन्दीय महासंघ नेपालका अध्यक्ष डोलानाथ खनाल, नेपाल बैंकर्स एसोसिएसनका उपाध्यक्ष सुरेन्द्र रेग्मी, सिजी होल्डिङ्सका अध्यक्ष अरुणकुमार चौधरी, युनाइटेड अजोडलगायतले पनि अवलोकन गरेका थिए ।

Logo