४३ करोड थान एक हजार रुपैयाँका नयाँ नोट छाप्दै राष्ट्र बैंक, अन्तर्राष्ट्रिय बोलपत्र आह्वान

४३ करोड थान एक हजार रुपैयाँका नयाँ नोट छाप्दै राष्ट्र बैंक, अन्तर्राष्ट्रिय बोलपत्र आह्वान

केन्द्रबिन्दु
18
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले १००० दरका नयाँ नोट छाप्ने भएको छ। केन्द्रीय बैंकले ४ खर्ब ३० अर्ब रुपैयाँ बराबरको १ हजार दरका नयाँ नोट छाप्ने प्रक्रिया अगाडि बढाएको हो । राष्ट्र बैंकले १ हजार दरका ४३ करोड नयाँ नोट छाप्न लागेको हो।

नुसार राष्ट्र बैंकले एकैपटक यति धेरै संख्यामा १ हजार दरका नयाँ नोट छाप्न लागेको भएपनि बजारमा भने आवश्यकताका आधारमा मात्रै पठाउनेछ ।

राष्ट्र बैंकले नयाँ नोट छाप्ने प्रक्रिया अगाडि बढाउँदै डिजाइन, छपाई र आपूर्ति तथा वितरणको लागि अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरेको हो । एक हजार दरका नयाँ नोट छाप्न प्रस्ताव पेस गर्न इच्छुक कम्पनीहरुलाई राष्ट्र बैंकले आग्राह गरेको हो ।

इच्छुक कम्पनीले सन् २०२५ अक्टोबर ९ तारिखसम्म राष्ट्र बैंकको थापाथली स्थित बैंकिङ विभागमा बोलपत्र प्रस्ताव पेस गर्नुपर्नेछ । बोलपत्रको शुल्क २० हजार रुपैयाँ वा १४४ अमेरिकी डलर वा १२३ युरो वा १०७ पाउन्ड तोकिएको छ । बोलपत्र पेस गर्दा ६ करोड ४० लाख रुपैयाँ धरौटी राख्नुपर्ने राष्ट्र बैंकले जनाएको छ ।

‘बोलपत्र कागजातहरूको पूर्ण सेट नेपाल राष्ट्र बैंक, मुद्रा व्यवस्थापन विभाग, थापाथली, काठमाडौँ, मुद्रा व्यवस्थापन विभाग, मीन भवन, बालुवाटर, काठमाडौँ, नेपालमा बोलपत्रकर्ता वा उनीहरूका अधिकृत एजेन्टहरूले लिखित निवेदन पेश गरेर र कम्पनी दर्ता प्रमाणपत्र, आधिकारिकताको पत्र र कागजात शुल्क बुझाएको पत्र सहित, ९ अक्टोबर २०२५ सम्ममा कार्यालय समयमा भुक्तानयोग्य शुल्क नभएको कागजात प्राप्त गर्न सक्छन्’ बोलपत्रमा भनिएको छ ।

Skip This
Skip This
Logo