रेकर्डः सुनको मूल्य तोलाकै २ लाख नाघ्यो

रेकर्डः सुनको मूल्य तोलाकै २ लाख नाघ्यो

केन्द्रबिन्दु
36
Shares

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । आज सुनको मूल्य बढेर तोलाकै २ लाख रुपैयाँ नाघेको हो । यो मूल्य हालसम्मकै उच्च हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहीबारको तुलनामा आज तोलामा १२ सय रुपैयाँले बढेर सुनको मूल्य २ लाख ६ सय रुपैयाँ कायम भएको हो । बिहीबार प्रतितोला सुनको मूल्य एक लाख ९९ हजार ४०० रुपैयाँमा किनबेच भएको थियो ।

यस्तै, आज चाँदी तोलामा ५ रुपैयाँले बढेर दुई हजार ३६० मा खरिदबिक्री भइरहेको छ ।

Logo