पोखरामा ओमोडा एण्ड जेइकोको नयाँ शोरूम, जेइको जे५ पनि सार्वजनिक

पोखरामा ओमोडा एण्ड जेइकोको नयाँ शोरूम, जेइको जे५ पनि सार्वजनिक

केन्द्रबिन्दु
15
Shares

काठमाडौं । ओमोडा एण्ड जेइकोको आधिकारिक वितरक इलाइट मोटर्स प्रा. लि. ले पोखरामा आफ्नो नयाँ शोरूमको भव्य उद्घाटन गरेको छ। कम्पनीका अनुसार पोखराको शिवचोक–१० मा सञ्चालनमा ल्याइएको नयाँ शोरूम अत्याधुनिक सुविधा र अन्तर्राष्ट्रिय स्तरको मापदण्डअनुसार तयार गरिएको छ।

शोरूम उद्घाटनसँगै जेकु जे५ मोडललाई गण्डकी प्रदेशमा पहिलोपटक औपचारिक रूपमा सार्वजनिक गरिएको छ। यसअघि यो गाडी पहिलो पटक नाइमा एक्स्पोमा प्रदर्शन गरिएको थियो।

झण्डै २० हजार वर्गफुट क्षेत्रफलमा फैलिएको यो नयाँ शोरूममा ३एस (सेल्स, सर्भिस र स्पेयर) सुविधा उपलब्ध छ। यसमार्फत ग्राहकले एउटै स्थानमा गाडी खरीददेखि नियमित मर्मतसम्भार र स्पेयर पार्ट्ससम्मको सम्पूर्ण सेवा सहजै पाउनेछन्।

सर्भिस सेन्टरमा अत्याधुनिक प्रविधि प्रयोग गरिएको छ, जसले बिक्रीपछिको सेवाको गुणस्तरलाई अझ मजबुत र भरपर्दो बनाउने लक्ष्य राखिएको छ। साथै, यहाँ कार्यरत प्राविधिक तथा सेवा प्रशिक्षकहरूलाई अन्तर्राष्ट्रिय स्तरका विशेषज्ञहरूले विशेष प्रशिक्षण प्रदान गरिएको छ।

शोरूम उद्घाटनकै अवसरमा सार्वजनिक गरिएको जेइको जे५ लाई कम्पनीले लक्जरी एसयूभी सेग्मेन्टमा आफ्नो छुट्टै पहिचान बनाउन सफल मोडलका रूपमा प्रस्तुत गरेको छ। आकर्षक बाहिरी डिजाइन, आरामदायी इन्टेरियर र नवीनतम प्रविधि जडान भएकाले यो गाडी प्रतिस्पर्धी बजारमा बलियो स्थान बनाउन सक्ने अपेक्षा गरिएको छ।

उक्त गाडीमा १८५ मिलिमिटर ग्राउन्ड क्लियरेन्स रहेको छ । जुन नेपाली भौगोलिक अवस्था र सडकका लागि उपयुक्त रहेको छ । वर्गमै अगाडि रहेको प्यानोरामिक सनरूफ, १८ इन्चको अलोय ह्वीलसहितको स्पेयर टायर, ४६१ किलोमिटरको ड्राइभिङ रेन्ज, र ४८० लिटरको बुट स्पेस जस्ता सुविधाहरू छन्।

कम्पनीले विश्वास लिएको छ कि पोखरामा खुलेको यो शोरूमले गण्डकी प्रदेशका ग्राहकलाई अझ नजिकबाट गुणस्तरीय सेवा र आकर्षक मोडल उपलब्ध गराउनेछ।

Logo