नामी भिगो–०६ : प्रतिस्पर्धी मूल्य र अत्याधुनिक फिचरको संयोजन, लक्जरी कार खोज्नेका लागि उपयुक्त

नामी भिगो–०६ : प्रतिस्पर्धी मूल्य र अत्याधुनिक फिचरको संयोजन, लक्जरी कार खोज्नेका लागि उपयुक्त

केन्द्रबिन्दु
9
Shares

काठमाडौं । चिनियाँ अटो जायन्ट डोङफेङ ग्रुपको ब्राण्ड ‘नामी’ ले नेपाली बजारमा नयाँ सम्भावना बोकेको इलेक्ट्रिक एसयूभी नामी भिगो–०६ प्रस्तुत गरिसकेको छ । नेपालका लागि नामी गाडीको आधिकारिक वितरक एमएडब्लु वृद्धिले नाडा अटो शो २०२५ को अवसरमा यो मोडल प्रस्तुत गरेको हो । कम्पनीले नामीलाई नेपाली उपभोक्तामाझ ‘सुलभ, स्मार्ट र लक्जरी’ तीनै गुण एकैपटक प्रदान गर्ने ईभी ब्राण्डका रूपमा स्थापित गर्ने लक्ष्य लिएको छ ।

यसअघि नामी–०१ ह्याचव्याकमार्फत नेपाली बजारमा डेब्यु गरिसकेको नामीले यसपटक प्रिमियम ईभी सेग्मेन्टमा प्रवेश गरेको छ । आधुनिक डिजाइन, आकर्षक इन्टेरियर र शक्तिशाली ब्याट्री प्याकसहित आएको नामी–०६ नेपाली ग्राहकलाई नयाँ अनुभव दिन तयार छ ।

नामी–०६ दुई भेरियन्टमा उपलब्ध छ– ई–१ र ई–२ प्लस । ई–१ को बिक्री मूल्य ३८ लाख ९९ हजार रुपैयाँ र ई–२ प्लसको मूल्य ४१ लाख ९९ हजार रुपैयाँ निर्धारण गरिएको छ । यो मूल्य श्रेणीमा उपलब्ध सुविधाहरू अन्य प्रतिस्पर्धी ब्राण्डका मोडलभन्दा बढी प्रिमियम रहेको कम्पनीको दाबी छ ।

नामी–०६ ई–१ भेरियन्टमा ४४.९४ किलोवाट आवर क्षमताको ब्याट्री दिइएको छ भने ई–२ प्लसमा अझै ठूलो ५१.८७ किलोवाट आवर ब्याट्री उपलब्ध छ । शक्तिशाली ब्याट्री प्याकले यसलाई सहरभित्र मात्र होइन, लामो यात्रामा समेत सहज बनाएको छ । उच्च दक्षता र स्मार्ट ब्याट्री व्यवस्थापन प्रणालीका कारण यसले स्थिर ड्राइभिङ अनुभव दिने अपेक्षा गरिएको छ ।

नामी–०६ एकदमै सशक्त डिजाइनमा उपलब्ध छ । ४३०६ एमएम लम्बाइ, १८६८ एमएम चौडाइ र १६४५ एमएम उचाइमा बनेको यो एसयूभीमा २७१५ एमएम लामो ह्वीलबेस पाउन सकिन्छ । ठूलो ह्वीलबेसले गाडीलाई स्थिर मात्र बनाउँदैन, यात्रुका लागि पर्याप्त स्पेस उपलब्ध गराउँछ । यसले नामी–०६ लाई ‘फ्यामिली–फ्रेन्डली एसयूभी’को रूपमा पनि प्रस्तुत गरेको छ ।

यसमा १२.८ इन्चको इन्फोटेन्टमेन्ट सिस्टम र ८.८ इन्चको डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर राखिएको छ । वायरलेस चार्जर, भ्येन्टिलेटेड र मसाज सिटजस्ता फिचरले प्रिमियम सेग्मेन्टमा राखिएका मोडललाई टक्कर दिने स्तरको सुविधा उपलब्ध गराउँछन् ।

नामी–०६ केवल लक्जरीमा सीमित छैन । यसले नयाँ पुस्ताका लागि आवश्यक स्मार्ट फिचरलाई पनि प्राथमिकता दिएको छ । १२८ रंगमा परिवर्तन गर्न मिल्ने एम्बियन्ट लाइट, पानारोमिक सनरुफ, र फोल्डेबल सिटले दैनिक ड्राइभदेखि वीकएन्ड टुरसम्मका लागि फरक–फरक अनुभव दिन्छन् ।

सुरक्षाका हिसाबले नामी–०६ आफ्नो स्तरमा उत्कृष्ट मानिन्छ । यसमा एडभान्स्ड ड्राइभर असिस्टेन्स सिस्टम (एडास) उपलब्ध छ, जसले सडकमा सम्भावित जोखिम कम गर्न सहयोग गर्छ । यसले ड्राइभरलाई थप आत्मविश्वास दिन्छ र यात्रुलाई सुरक्षित अनुभव प्रदान गर्छ ।

नामी–०६ एसयूभीले नेपाली इलेक्ट्रिक कार बजारमा नयाँ उत्साह थपेको छ । प्रतिस्पर्धी मूल्य, अत्याधुनिक फिचर र प्रिमियम इन्टेरियर भएको यो मोडलले अन्य ईभी ब्राण्डलाई चुनौती दिने देखिन्छ । इलेक्ट्रिक मोबिलिटीको ट्रेन्ड बढ्दो क्रममा रहेको अवस्थामा नामी–०६ ले नेपाली उपभोक्तालाई लक्जरी, प्रविधि र भरपर्दोपन एकैपटक प्रदान गर्ने अपेक्षा गरिएको छ ।

Logo