नाडाको विशेष साधारण सभा आगामी भाद्र २४ गते, महासंघको घोषणा गरिने

नाडाको विशेष साधारण सभा आगामी भाद्र २४ गते, महासंघको घोषणा गरिने

केन्द्रबिन्दु
27
Shares

काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको विशेष साधारण सभा आगामी भाद्र २४ गते हुने भएको छ ।

नाडाका महासचिव सुरेन्द्र कुमार उप्रेतीका अनुसार ललितपुरको झम्सिखेलस्थित द प्लाजामा हुने सो विशेष साधारण सभामा नाडालाई विधानतः महासंघमा लैजाने निर्णय हुनेछ ।

यसअघि नाडाको २१औं केन्द्रीय कार्यसमितिको बैठकले डेढ दशक लामो प्रतीक्षापछि नाडालाई विधानतः महासंघमा लैजाने निर्णय गरिसकेको छ । नाडालाई वास्तविक रुपमै राष्ट्रिय स्तरको संस्था बनाउने तथा आफ्ना सदस्यहरूको हकहितको समेत समुचित रुपमा संरक्षण हुने भएकोले सबैलाई उपस्थितिका लागि नाडाले अनुरोध समेत गरेको छ ।

Logo