सुजुकी ई–भिटारा : नेपाली ईभी बजारमा गेम चेन्जर बन्ने

सुजुकी ई–भिटारा : नेपाली ईभी बजारमा गेम चेन्जर बन्ने

केन्द्रबिन्दु
6
Shares

काठमाडौं । नेपालमा विद्युतीय गाडीको लहर तीव्र गतिमा अघि बढिरहेको छ। विभिन्न ब्राण्डले ईभी भित्र्याइरहँदा लामो समयदेखि नेपाली उपभोक्ताको विश्वास जितेको ब्रान्ड सुजुकी पनि सुजुकीले आफ्नो पहिलो प्योर इलेक्ट्रिक एसयूभी ई–भिटारा नेपाल भित्र्याइसकेको छ । नेपालमा यसको आधिकारिक डिस्ट्रीब्युटर सीजी मोटोकर्पले आउँदो नाडा अटो शो २०२५ मा ई–भिटारा सार्वजनिक गरेको गरेको हो ।

ई–भिटारा भारतमा यसको उत्पादन प्रधानमन्त्री नरेन्द्र मोदीले औपचारिक उद्घाटन गरेका थिए। भारतमा करिब २०२५ सेप्टेम्बरमा यसको मूल्यसहितको आधिकारिक लन्च हुने बताइएको छ।

पावर र ब्याट्रीतर्फ हेर्दा ई–भिटारा दुई ब्याट्री प्याक अप्सनमा उपलब्ध हुनेछ। यसको पहिलो ब्याट्री ४८.८ किलोवाट आवर ब्याट्री रहेको छ, जसले १४४ एचपी पावर र १८९ एनएम टर्क दिन्छ। दोस्रो, ठूलो ६१.१ किलोवाट आवर ब्याट्री रहेको छ, जसले १७४ एचपी पावर र १८९ एनएम टर्क दिनेछ। यो संस्करणले ५०० किमीसम्मको दाबी गरिएको रेन्ज दिने भनिए पनि व्यवहारिकतामा करिब ४२०–४५० किलोमिटर वरिपरि मात्र आउने अनुमान गरिएको छ।

अझै साहसी ड्राइभरका लागि ई–भिटारामा अल–व्हील–ड्राइभ भेरियन्ट पनि उपलब्ध हुनेछ। यसमा ६५ एचपीको रियर मोटर थपिँदा कुल आउटपुट १८४ एचपी र ३०० एनएम टर्क पुग्नेछ। नेपालका पहाडी र असमान बाटोका लागि यो विकल्प विशेष रुपमा उपयुक्त देखिन्छ। साथै, डीसी फास्ट चार्जिङमार्फत ८० प्रतिशत चार्ज गर्न करिब ५० मिनेट मात्र लाग्नेछ।

डिजाइन र डाइमेन्सनका हिसाबले ई–भिटारा कम्प्याक्ट मिड–साइज सेग्मेन्टमा पर्छ। यसको लम्बाइ ४,२७५ एमएम, चौडाइ १,८०० एमएम, उचाइ १,६४० एमएम र ह्वीलबेस २,७०० एमएम रहेको छ। यी अनुपातले यसलाई नेपाली बजारमा आउने हुन्दै क्रेटा ईभी, टाटा कर्भ ईभी र महिन्द्रा बीई ६ जस्ता प्रत्यक्ष प्रतिस्पर्धीसँगै प्रतिस्पर्धी बनाउँछ।

बाहिरी स्वरूपमा यसले एकदमै प्रिमियम र आधुनिक लुक दिन्छ। यसमा एलईडी प्रोजेक्टर हेडलाइट, तीन-पोइन्ट एलईडी डीआरएल, १८-इन्च अलोय ह्वील, प्यानोरामिक इलेक्ट्रिक सनरुफ, फग लाइट र एलईडी टेललाइट जस्ता सुविधाहरू समावेश गरिएको छ। यी सबैले गाडीलाई बजारमा देखिने बित्तिकै छुट्टै परिचय दिनेछन्।

इन्टेरियरतर्फ हेर्दा ई–भिटारा पूर्णतया आधुनिक र फिचर–रिच छ। ट्विन–डेक फ्लोटिङ सेन्टर कन्सोल, एम्बियन्ट लाइटिङ, सफ्ट–टच मटेरियलले प्रिमियम अनुभूति दिलाउँछ। १०.२५–इन्च टचस्क्रिन इनफोटेनमेन्ट सिस्टम र १०.१–इन्च डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टरले डिजिटल ककपिट अनुभव दिन्छ। यसमा वायरलेस एप्पल कारप्ले र एन्ड्रोइड अटो सपोर्ट छ, जुन प्रिमियम हर्मन अडियो सिस्टमसँग जोडिएको छ।

आराम र सुविधा पनि ई–भिटारामा विशेष प्राथमिकतामा राखिएको छ। फ्रन्ट सिटहरू भेन्टिलेटेड छन्, ड्राइभर सिट १०–वे पावर एडजस्टेबल छ, र रियर सिटहरू स्लाइड तथा रिक्लाइन गर्न सकिन्छ। साथै, ४०:२०:४० स्प्लिट अप्सनका कारण यो पारिवारिक प्रयोगका लागि पनि एकदमै उपयुक्त देखिन्छ।

सुरक्षाका हिसाबले पनि ई–भिटारामा कुनै सम्झौता गरिएको छैन। यो मोडेल ५० प्रतिशतभन्दा बढी हाई–टेन्साइल स्टिलबाट बनेको छ । जसले मजबुती र टिकाउपन सुनिश्चित गर्छ। यसमा ७ एयरब्याग (ड्राइभरको निउ एयरब्यागसहित) दिइएको छ। साथै, लेभल २ एडीएएस प्रणाली जस्तै लेन असिस्ट, अटोमेटिक इमर्जेन्सी ब्रेकिङ, ब्लाइन्ड स्पट मोनिटरिङ जस्ता अत्याधुनिक सुविधाहरू उपलब्ध छन्।

यसका अतिरिक्त, ई–भिटारामा ३६०-डिग्री क्यामेरा, अल–ह्वील डिस्क ब्रेक, इलेक्ट्रोनिक पार्किङ ब्रेक, टायर प्रेशर मोनिटरिङ सिस्टम र इमर्जेन्सी सिस्टम पनि उपलब्ध छ। यी सुविधाले यसलाई सुरक्षित, भरपर्दो र उपभोक्ताको विश्वास जित्ने खालको बनाउँछन्।

हालसम्म यसको मूल्य सार्वजनिक गरिएको छैन। तर भारतीय बजारमा मूल्य घोषणा भइसकेपछि नेपालमा पनि एकै पटक वा छोटो अन्तरमा मूल्य सार्वजनिक हुने अपेक्षा गरिएको छ। मूल्य प्रतिस्पर्धी भएमा, नेपाली उपभोक्ताले खोजेको ब्रान्ड ट्रस्ट, प्रिमियम अनुभव र विद्युतीय भविष्यको उत्तम संयोजन ई–भिटाराले दिनेछ।

सुजुकी लामो समयदेखि नेपालमा भरपर्दो, सस्तो र प्रयोगमैत्री गाडीको पर्याय रहँदै आएको ब्रान्ड हो। अब विद्युतीय यात्रामा ढिलो भए पनि यसको प्रवेशले बजारमा नयाँ ऊर्जा ल्याउनेछ।

Logo