काठमाडौं। चिनियाँ ईभी ब्रान्ड डोङफेङको अत्याधुनिक मोडल फोरथिङ फ्राइडे नेपाली बजारमा ग्राहकको मन जित्दै गएको छ । ‘नाइमा मोबिलिटी एक्स्पो २०२५’मा औपचारिक रूपमा सार्वजनिक भएको फोर्थीङ फ्राइडे मेला अवधिभरमै ३८ युनिट बुकिङ भयो। यसले नेपाली बजारमा आफूलाई शसक्त बनाउने देखिएको छ।
नेपाली बजारमा फोरथिङ फ्राइडेको आधिकारिक वितरक लक्ष्मी ग्रुपअन्तर्गतको लक्ष्मी ई–मोबिलिटीले यसलाई पहिलो पटक सार्वजनिक गरेको हो। यससँगै डोङफेङले नेपालमा आफ्नो विद्युतीय सवारीसाधनको यात्रालाई नयाँ उचाइमा पुर्याएको छ।
कम्पनीले एसयुभीको मूल्य आकर्षक रूपमा प्रस्तुत गरेको छ। लक्जरी भेरियन्टको ५० लाख ९६ हजार रुपैयाँ रहेको छ । त्यस्तै, एक्स्क्लुसिभ भेरियन्टको मूल्य ५६ लाख ९६ हजार रुपैयाँ रहेको कम्पनीले जनाएको छ ।
के-के छन् विशेषता ?
फोरथिङ फ्राइडेमा ६४.४ किलोवाट आवरको लिथियम आयोन फस्फेट ब्याट्री जडान गरिएको छ। यसमा ९९ किलोवाट क्षमताको मोटर प्रयोग गरिएको छ । जसले एक पटकको फुल चार्जमा ४०० किलोमिटरभन्दा बढी रेन्ज दिने दाबी कम्पनीले गरेको छ। यसले नेपाली सडकमा मध्यमदेखि लामो दूरीको यात्रा गर्ने प्रयोगकर्तालाई थप सहजता दिनेछ।
यस एसयूभीको लम्बाइ ४६०० मिमी, चौडाइ १८६० मिमी र उचाइ १६८० मिमी रहेको छ भने यसको ह्वीलबेस २७१५ मिमी छ। यो साइजले सहरभित्रको सहजता र हाइवेमा स्थायित्व दुवै सुनिश्चित गर्छ। १९ इन्चको ठूलो ह्वीलले गाडीलाई थप आकर्षक बनाउँछ र प्रिमियम उपस्थितिलाई उजागर गर्छ।
फोरथिङ फ्राइडेमा लक्जरी र आरामलाई उच्च प्राथमिकता दिइएको छ। यसमा भेन्टिलेटेड, हिटेड, मसाज र मेमोरी सिट उपलब्ध छन्, जसले लामो यात्रामा पनि आराम सुनिश्चित गर्छ। ८.८ इन्चको एलसिडी इन्स्ट्रुमेन्ट क्लस्टर र १४.६ इन्चको इन्फोटेन्टमेन्ट सिस्टमले प्रविधिमैत्री अनुभव दिन्छ।
यसका अतिरिक्त, अटोमेटिक क्लाइमेट कन्ट्रोल, इलेक्ट्रिक टेलगेट, वायरलेस फोन चार्जर, प्यानोरामिक सनरुफ, मल्टी ड्राइभ मोड, र ६ स्पिकरसहितको म्युजिक सिस्टमजस्ता फिचरहरूले यसलाई आफ्नो सेग्मेन्टमै प्रिमियम बनाएको छ।
फोरथिङ फ्राइडे प्रिमियम लक्जरी सुविधासहित आएको एसयूभी भएकाले, यो विशेषत: शहरी जीवनशैली अपनाउने र लामो यात्रामा पनि सुविधा चाहने ग्राहकका लागि उपयुक्त विकल्प हो। परिवारसहित यात्रा गर्नेहरूका लागि ठूलो साइज, फराकिलो स्पेस र आरामदायी सिटिङले उपयुक्त बनाउँछ। लक्जरी र प्रविधिमा रुचि राख्ने ग्राहकका लागि मसाज, मेमोरी सिट, प्यानोरामिक सनरुफ, इन्फोटेन्टमेन्ट सिस्टमजस्ता फिचरहरूले आकर्षण बढाउँछ।
त्यस्तै, पर्यावरणमैत्री विकल्प रोज्ने ईभी उत्साहीका लागि लामो रेन्ज र फास्ट चार्जिङ क्षमताले व्यावहारिक समाधान दिन्छ। व्यावसायिक वा अफिसियल प्रयोगकर्ताहरूका लागि यसको प्रिमियम इमेज र स्टाइलिङले व्यक्तिगत ब्रान्ड भ्यालु बढाउँछ। आकर्षक मूल्य, प्रिमियम डिजाइन र उन्नत फिचरहरूको साथमा, यो मोडलले नेपाली ईभी बजारमा नयाँ मापदण्ड स्थापित गर्ने संकेत दिएको छ।





























प्रतिक्रिया