काठमाडौं । नेपालमा विद्युतीय गाडीहरूको विकल्प बढ्दै जाँदा ग्राहकबीच नयाँ ब्रान्ड र मोडेलप्रतिको आकर्षण झन् तीव्र बनेको छ। त्यसमध्ये विलासी ईभी ब्रान्ड दिपलले सार्वजनिक गरेको नयाँ एसयूभी एस०५ छोटो समयमा नै लोकप्रियता बटुल्न सफल भएको छ। सार्वजनिक भएको केही समयमै यसले आकर्षक बुकिङ पाएको तथ्यले यसको बजारप्रतिको क्रेज स्पष्ट देखाउँछ। नाडा अटो शो २०२५ मा यसको ५४८ युनिट बुकिङ भएको थियो ।
यो आकर्षक डिजाइन स्टेटमेन्टमा उपलब्ध छ । विश्वप्रसिद्ध आईएफ डिजाइन अवार्डबाट सम्मानित यस एसयूभीमा बोल्ड एरोडाइनामिक सिल्हट, फ्रेमलेस डोर र स्टार–फिडरबाट प्रेरित एईडी टेललाइट जस्ता तत्त्वहरूले लक्जरी र प्रिमियम स्टाइललाई नयाँ उचाइमा पुर्याएको छ। सडकमा गुड्दा यसको उपस्थिति आफैंमा भिन्न अनुभव दिन्छ।
भित्र पस्नेबित्तिकै लक्जरीको अनुभूति दिने खालको इन्टेरियर यसले बोकेको छ। नेपालमै पहिलो पटक जडान गरिएको जिरो ग्राभिटी कम्फर्ट सिट भेन्टिलेसन, लेग सपोर्ट, मेमोरी फङ्सन र वन–टच न्याप मोडसहित आएको छ। ‘क्विन को–पाइलट’ नाम दिइएको यो सिटसँगै वेलकमिङ सिट फिचर, १६० लिटरको फ्रंक, आउटडोर मोडसहित १४ स्पिकर भएको सराउन्ड साउन्ड सिस्टमले यात्रालाई विलासी बनाउँछ।
फिचरमा पनि दिपल एस०५ आफ्नै स्तरमा अगाडि छ। रिमोट इन एन्ड आउट पार्किङ सुविधा यसको मुख्य आकर्षण हो । जसले साँघुरो ठाउँमा सजिलै पार्किङ गर्न मद्दत गर्छ। साथै, १९ वटा सुरक्षा फिचरसहितको एड्भान्स ड्राइभर असिस्ट्यान्सले ड्राइभिङलाई झन् सुरक्षित बनाउँछ। त्यसमाथि, अग्मेन्टेड रियालिटी हेड–अप डिस्प्लेले नेभिगेसन, ट्राफिक सिग्नल, स्पिडलगायत सबै आवश्यक जानकारी सीधै विन्डस्क्रिनमा प्रोजेक्ट गर्छ, जसले स्मार्ट र सुरक्षित यात्राको अनुभव दिलाउँछ।
प्राविधिक हिसाबले पनि यो गाडी उत्कृष्ट छ। यसमा संसारकै सबैभन्दा ठूलो ब्याट्री निर्माता सिएटिएलको गोल्डेन शिल्ड ब्याट्री सिस्टम २.० प्रयोग गरिएको छ।जसको आयु ६ लाख किलोमिटर पुग्छ। यस ब्याट्रीलाई मात्र १५ मिनेटमा ३० देखि ८० प्रतिशत चार्ज गर्न सकिन्छ । साथै चिसो मौसममा समेत उत्तिकै उत्कृष्ट प्रदर्शन गर्ने क्षमता राख्छ। नेपाली भौगोलिक र मौसमीय परिस्थितिमा यो एक ठोस समाधान बन्ने देखिन्छ।
रेन्ज र पर्फर्मेन्सको हिसाबले पनि एस०५ निकै प्रतिस्पर्धी छ। एकपटकको फुल चार्जमा ४०५ किलोमिटरको दाबी गरिएको यो गाडीमा ५६.१ किलोवाट–आवर क्षमताको ब्याट्री र ९९ किलोवाटको शक्तिशाली मोटर जडान गरिएको छ। १८० एमएम ग्राउन्ड क्लियरेन्स, ४९२ लिटर बुट स्पेस र १५९ लिटर फ्रंक स्पेसले यसलाई परिवार–मैत्री बनाउँछ।
यति धेरै अत्याधुनिक फिचर र प्रिमियम लक्जरी अनुभवका बाबजुद यसको मूल्य पनि ४८ लाख ९९ हजारदेखि सुरु हुने गरी राखिएको छ। उच्च भेरिएन्ट भने ५८ लाखसम्म पर्छ।
दिपल एस०५ ले डिजाइन, लक्जरी, सुरक्षा र स्मार्ट टेक्नोलोजीलाई एउटै प्याकेजमा प्रस्तुत गरेर छोटो समयमा नै ग्राहकको मन जितिरहेको छ। यसको लोकप्रियता बढ्नुको मुख्य कारण भनेको प्रिमियम अनुभवलाई नेपाली बजारमै उपलब्ध गराउनु हो। यसैले, स्टाइल, सुरक्षा र स्मार्ट ड्राइभिङ चाहने ग्राहकका लागि दिपल एस०५ अहिलेको सर्वोत्कृष्ट विकल्प बन्न पुगेको छ।































प्रतिक्रिया