हुन्डाई क्रेटा : नेपालमा १० वर्षको सफल यात्रा

हुन्डाई क्रेटा : नेपालमा १० वर्षको सफल यात्रा

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । नेपालमा हुन्डाई गाडीको एक मात्र आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले सेप्टेम्बर २०२५ मा हुन्डाई क्रेटाको १०औँ वार्षिकोत्सव मनाएको छ।

सार्वजनिक भएको पहिलो दिनदेखि नै क्रेटा आफ्नो आधुनिक डिजाइन, आरामदायी अनुभव, उच्चस्तरीय सुरक्षा र विश्वसनीय प्रदर्शनका कारण नेपाली ग्राहकबीच सबैभन्दा रुचाइएको एसयूभी बनेको कम्पनीले जनाएको छ। क्रेटाले आफ्नो उत्कृष्ट डिजाइन र प्रदर्शनमार्फत कम्प्याक्ट एसयूभी सेगमेन्टमा विशेष पहिचान बनाएको छ।

पछिल्लो दशकमा क्रेटा विभिन्न मोडल र अपग्रेडहरूसहित बजारमा आएको छ। हरेक नयाँ संस्करणले प्रदर्शन, शैली र प्रविधिमा नयाँ मापदण्ड स्थापना गर्दै आएको कम्पनीको दाबी छ। हालै सार्वजनिक गरिएको क्रेटा ईभी मोडलसँगै यस एसयूभीले नवीन प्रविधि, दिगोपन र वातावरणमैत्री यात्रा एकैसाथ अघि बढाएको छ।

हुन्डाई नेपालका अनुसार, क्रेटाले अहिलेसम्म हजारौँ नेपाली परिवारलाई भरपर्दो साथ, गुणस्तरीय सेवा र विश्वासिलो अनुभव प्रदान गर्दै आएको छ। यसले नेपाली सडकमा आफ्नो स्थायी प्रभाव र लोकप्रियता प्रमाणित गरेको छ।

वार्षिकोत्सवको अवसरमा हुन्डाई नेपालले सम्पूर्ण ग्राहक, डिलर र साझेदारहरूलाई आफ्नो सफलतामा योगदान पुर्‍याएकोमा हार्दिक आभार व्यक्त गरेको छ। कम्पनीले आगामी दिनहरूमा पनि अत्याधुनिक प्रविधि, विश्वासिलो सेवा र दिगोपनप्रतिको प्रतिबद्धतासहित नेपाली ग्राहकसँगै समृद्ध जीवन र दिगो यात्राको भविष्य निर्माण गर्ने लक्ष्य राखेको जनाएको छ।

क्रेटाको एक दशक लामो यात्रा र यसको लोकप्रियता नेपाली बजारमा हुन्डाईको विश्वासिलो ब्राण्ड पहिचानलाई अझ बलियो बनाएको छ। कम्पनीले आगामी वर्षहरूमा पनि नयाँ प्रविधि, उन्नत मोडल र ग्राहक अनुभव सुधारमा निरन्तर ध्यान दिने जनाएको छ।

Logo