काठमाडौँ। युवा र वातावरणप्रेमी ग्राहकका लागि डिजाइन गरिएको फ्युचरिस्टिक इलेक्ट्रिक ह्याचब्याक, चागान लुमिन, नेपाली बजारमा एमएडब्लु वृद्धि कम्पनीले ल्याएको छ। यसको स्टाइलिस डिजाइन, शक्तिशाली मोटर, दिगो ब्याट्री र अत्याधुनिक सुरक्षा प्रणालीले नेपाली सहरी यातायातमा विद्युतीय कारको नयाँ मानक स्थापित गर्ने अपेक्षा गरिएको छ।
चांगन लुमिनमा ३५ किलोवाटको इलेक्ट्रिक मोटर जडान गरिएको छ। यसमा रहेको २८.०८ किलोवाट आवरको ब्याट्री प्याकले ३०१ किलोमिटरको एनईडीसी रेन्ज दिन्छ। यसले दैनिक आवागमन, अफिस र विकेन्ड यात्राका लागि पर्याप्त क्षमता सुनिश्चित गर्दछ। डिसी फास्ट चार्जिङ सुविधा मार्फत ३०–८० प्रतिशत चार्ज मात्र ३५ मिनेटमा पूरा हुन्छ।
लुमिन स्टाइलिस र आकर्षक बडी डिजाइनको साथ पाँच जीवन्त रंगमा उपलब्ध छ। यसको कम्प्याक्ट ह्याचब्याक आकारले सहरी सडकमा सजिलै पार्किङ गर्न सकिने सुविधा दिन्छ। अग्रभागको आधुनिक ग्रिल, स्टाइलिश हेडलाइट र टेललाइटले गाडीलाई आकर्षक र फ्युचरिस्टिक रूप प्रदान गरेको छ। इन्टेरियर अत्याधुनिक र प्रयोगकर्ता–मैत्री छ। गाडीमा १०.२५ इन्चको टच इन्फोटेन्मेन्ट स्क्रिन छ, जसमा कारप्ले, स्मार्ट कीलेस इन्ट्री एन्ड स्टार्ट, मोबाइल एप रिमोट कन्ट्रोल, इलेक्ट्रोनिक नब सिफ्टर र डिजिटल इन्ट्रुमेन्ट क्लस्टर रहेका छन्। साना आकारका बाबजुद पनि १०४ लिटरदेखि ५८९ लिटर सम्मको लगेज स्पेस, हाईली र्याप्ड सीटहरू र लाइट लक्जरी क्याबिन डिजाइनले यात्रु र चालक दुवैलाई आरामदायी अनुभव दिन्छ।
लुमिनमा सुरक्षा विशेषताहरूमा ध्यान दिइएको छ। यसमा डुअल एयरब्याग, उच्च स्ट्रेन्थ स्टिल बडी, एनबुस्टर ब्रेकिङ सिस्टम, इएसपी स्टेबिलिटी कन्ट्रोल, ब्याट्री फोट्रेस सेफ्टी सिस्टम जस्ता अत्याधुनिक सुविधाहरू छन्। सहरी सडकका विभिन्न चुनौतीपूर्ण अवस्थाहरूमा यी सुरक्षा फिचरहरूले विश्वास र आत्मविश्वास बढाउँछन्।
लुमिनमा मोबाइल एप रिमोट कन्ट्रोल, रियल–टाइम चार्जिङ ट्र्याकिङ, स्मार्ट कीलेस इन्ट्री, इलेक्ट्रोनिक नब सिफ्टर र कारप्ले जस्ता सुविधा उपलब्ध छन्। हाई–फाइ इन्फोटेन्मेन्ट सिस्टमले यात्रुलाई मनोरञ्जन र सहज कनेक्टिभिटी प्रदान गर्छ।
८ सय भोल्ट आर्किटेक्चरमा निर्मित लुमिन छोटो समयमा फुल चार्ज गर्न सक्षम छ। वाल–माउन्टेड र पोर्टेबल चार्जर दिइएको छ, जसले घर, अफिस वा सार्वजनिक चार्जिङ स्टेशनमा सजिलै चार्ज गर्न सकिन्छ।
नेपालमा चांगान लुमिनको मूल्य २२ लाख ९९ हजार रुपैयाँ तोकिएको छ। एमएडब्लु वृद्धिले सुविधाजनक वित्तीय योजना, वारेन्टी र सुरक्षित चार्जिङ विकल्प उपलब्ध गराउँदै ग्राहकलाई विद्युतीय कार खरिदमा आकर्षित गर्ने लक्ष्य राखेको छ।
चांगान लुमिन नेपाली सहरी जीवनशैलीसँग मेल खाने आधुनिक विद्युतीय ह्याचब्याक हो। यसको शक्तिशाली मोटर, दिगो ब्याट्री, स्मार्ट सुरक्षा प्रणाली र आकर्षक इन्टेरियरले युवा, पेशेवर र पर्यावरणप्रेमी ग्राहकका लागि लक्जरी, सुविधा, सुरक्षा र दिगोपनको उत्कृष्ट मिश्रण प्रदान गर्छ।
चांगान लुमिन सुरक्षित, स्मार्ट, दिगो र स्टाइलिस विकल्प भएकाले नेपाली सहरी सडकमा विद्युतीय मोबिलिटीको नयाँ युगको प्रतिनिधित्व गर्ने कम्पनीको दाबी छ।





























प्रतिक्रिया