काठमाडौं । के तपाईं विद्युतीय सवारी किन्ने सोचमा हुनुहुन्छ ? यदि त्यसो हो भने म्याक्सस मिफा सेभेन तपाईंको रोजाई बन्न सक्छ । नेपालका लागि म्याक्ससको आधिकारिक वितरक हिमालय मोट्रक्सले नयाँ प्रिमियम इलेक्ट्रिक एमपीभी म्याक्सस मिफा सेभेन प्रिमियम र लग्जरी गाडी खोज्नेहरूका लागि अत्यन्त उपयुक्त हुन सक्छ । गत नाइमा मोबिलिटी एक्स्पोमा यो लक्जरी ईभी औपचारिक रूपमा नेपालमा सार्वजनिक भएको हो ।
चीनको प्रख्यात एसएआईसी मोटर ग्रुपअन्तर्गतको म्याक्सस ब्रान्डबाट आएको सात सिट क्षमताको यो गाडी नेपालमा प्रिमियम र लक्जरी कार रोज्ने ग्राहकका लागि लक्षित गरिएको छ ।
मिफा सेभेनमा रहेको ९० किलोवाट क्षमताको उच्च ब्याट्रीले एकपटकको चार्जमा ६३५ किमीसम्मको रेन्ज प्रदान गर्ने कम्पनीको दाबी छ । साथै, १०० किलोवाट डीसी फास्ट चार्जिङ सपोर्ट भएको यस गाडीले मात्र ३० मिनेटमा ३० देखि ८० प्रतिशतसम्म चार्ज हुन सक्छ, जसले लामो यात्रालाई सहज बनाउँछ ।
यसमा अत्याधुनिक कन्ट्रोल तथा सुरक्षा फिचरहरू जडान गरिएको छ । सुरक्षा मापदण्डका हिसाबले यस गाडीले युरो एनक्याप, चाइना एनक्याप र एएनक्यापमा ५-स्टार रेटिङ प्राप्त गरेको छ, जसले यसको विश्वसनीयता र सुरक्षित ड्राइभिङ क्षमतालाई पुष्टि गर्छ ।
लक्जरी एमपीभीका रूपमा मिफा सेभेन सात जना यात्रुका लागि आरामदायी र फराकिलो स्पेस प्रदान गर्छ । प्रिमियम इन्टेरियर, स्मार्ट फिचर र आधुनिक डिजाइनले यसलाई लक्जरी कार चाहने परिवार तथा व्यवसायिक व्यक्तिका लागि आकर्षक विकल्प बनाएको छ ।
नेपालमा यसको मूल्य १ करोड २५ लाख रुपैयाँ तोकिएको छ । हिमालय मोट्रक्स, जुन हिमालय अर्गनाइजेसन अन्तर्गतको कम्पनी हो, विगत ३० वर्षदेखि नेपालमा विभिन्न ब्रान्डका गाडी आयात र वितरण गर्दै आएको छ ।





























प्रतिक्रिया