एनएमबि बैंकद्वारा अमर जैन विद्यालयमा स्कुल ब्याग र वाटर डिस्पेन्सर हस्तान्तरण

एनएमबि बैंकद्वारा अमर जैन विद्यालयमा स्कुल ब्याग र वाटर डिस्पेन्सर हस्तान्तरण

केन्द्रबिन्दु
12
Shares

सर्लाही । एनएमबी बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सर्लाहीको लालबन्दी-५ मा अवस्थित श्री अमर जैन विद्यालयमा एक कार्यक्रम आयोजना गरी विद्यार्थीलाई स्कुल ब्याग र वाटर डिस्पेन्सर हस्तान्तरण गरेको छ।

शिक्षा क्षेत्रको विकास र विद्यार्थीको शैक्षिक उन्नयनलाई सहयोग पुर्याउने उद्देश्यसहित बैंकले यो पहल गरेको हो। शिक्षालाई दिगो विकासको आधारशिला मान्दै विद्यार्थीलाई गुणस्तरीय शिक्षाको पहुँचमा सहजता ल्याउन मद्दत गर्ने लक्ष्यसहित बैंकले यस्तो कार्यक्रम सञ्चालन गरेको जनाएको छ।

यसले विद्यालयको शैक्षिक वातावरणलाई थप सुदृढ बनाउन र विद्यार्थीलाई प्रोत्साहन मिल्ने अपेक्षा गरिएको छ।

कार्यक्रममा लालबन्दी वडा नं. ५ का वडाध्यक्ष रामप्रसाद ढुंगेल प्रमुख अतिथि रहेका थिए। उनले एनएमबि बैंकको योगदानको प्रशंसा गर्दै यस्ता गतिविधिले समाजमा सकारात्मक प्रभाव पार्ने टिप्पणी गरे।

त्यस्तै, बैंकका मधेश प्रदेश प्रमुख दीपेन्द्र कुमार मिश्र र लालबन्दी शाखा प्रमुख अरुण आचार्यको विशेष उपस्थिति रहेको थियो। उनीहरूले आगामी दिनमा पनि यस्ता सामाजिक उत्तरदायित्वअन्तर्गतका कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे।

विद्यालयका प्रधानाध्यापक, शिक्षक, विद्यार्थी तथा स्थानीय सरोकारवालाको सक्रिय उपस्थिति रहेको कार्यक्रममा सबैले बैंकको यस पहललाई सराहना गरेका थिए। बैंकले भविष्यमा पनि समाज र राष्ट्रको हितका लागि जिम्मेवार र रचनात्मक कार्यक्रमहरू सञ्चालन गर्ने प्रतिबद्धता जनाएको छ।

हाल एनएमबि बैंकले देशभर २०२ शाखा, १८७ एटीएम र ९ एक्सटेन्सन काउन्टरमार्फत उच्चस्तरीय सेवा प्रदान गरिरहेको छ।

Logo