काठमाडौं । विश्वप्रसिद्ध प्राविधिक कम्पनी शाओमीले दुई नयाँ आकर्षक मोडल — रेडमी १५ र रेडमी १५सी नेपालमा सार्वजनिक गरेको छ । यी दुवै स्मार्टफोन अत्याधुनिक प्रविधि, आकर्षक डिजाइन र नयाँ फिचरसहित उपभोक्तालाई उत्कृष्ट अनुभव दिलाउने उद्देश्यले बजारमा सार्वजनिक गरेको हो ।
रेडमी १५ : शक्तिशाली ब्याट्री र प्रिमियम डिजाइन
रेडमी १५ विशेषगरी लामो समयसम्म ब्याट्री र उत्कृष्ट प्रदर्शन चाहने उपभोक्तालाई लक्षित गरिएको छ । यसमा ७००० एमएएच क्षमताको विशाल ब्याट्री छ, जुन सजिलै दुई दिनसम्म टिक्न सक्छ । यसमा रहेको ३३ वाट फास्ट चार्जिङ सुविधाले छोटो समयमा चार्ज गर्न सकिन्छ भने १८वाट रिभर्स चार्जिङ सुविधाका कारण आपतकालीन अवस्थामा पावर बैंकको रूपमा पनि प्रयोग गर्न सकिन्छ ।
यसको ६.९ इन्चको एफएचडी प्लस डिस्प्ले रहेको र १४४ हर्ज रिफ्रेस रेटले अत्यन्तै सजिलो अनुभव प्रदान गर्दछ । ट्रिपल आई-केयरको सुविधा भएकाले आँखाको सुरक्षामा मद्दत गर्छ भने आकर्षक क्वाड-कर्भ डिजाइनले फोनलाई सजिलै समात्न र प्रयोग गर्न सहज बनाएको छ । साथै,आई६४ सुरक्षाले सामान्य धुलो र पानीका छिटाबाट समेत सुरक्षित राख्छ ।
फोटोग्राफी प्रेमीहरूका लागि यसमा ५०एमपी एआई डुअल क्यामेरा प्रणाली र ८एमपी फ्रन्ट क्यामेरा उपलब्ध छ ।
रेडमी १५ सी : आकर्षक र स्मार्ट
रेडमी १५C आफ्नो ७.९९ एमएम स्लिम र प्रिमियम डिजाइनका कारण आकर्षक देखिन्छ । यो रेडमी १५ भन्दा अलि स्लिम भए पनि यसमा रहेको ६००० एमएएच क्षमताको ब्याट्रीले दिनभरि टिक्ने क्षमता राख्छ । यसमा ३३ वाट फास्ट चार्जिङ र १० वाट रिभर्स चार्जिङ सुविधा रहेको छ । साथै, कम्पनीले यसमा २ वर्षको वारेन्टी उपलब्ध गराएको छ ।
यसमा ६.९ इन्चको एचडी प्लस डिस्प्ले र १२० हर्ज रिफ्रेस रेट रहेको छ, जसले गेमिङ र स्क्रोलिङलाई अझै सहज बनाउँछ । मिडियाटेक हेलियाे जी८१ अल्ट्रा प्रोसेसरले द्रुत र स्थिर प्रदर्शन सुनिश्चित गर्छ । यसमा पनि ५० एमपी एआई डुअल क्यामेरा र ८ एमपी फ्रन्ट क्यामेरा उपलब्ध छन्, जसले पोर्ट्रेट वा नाइट मोडसहितका उत्कृष्ट फोटो खिच्न सक्षम बनाउँछ ।
रेडमी १५ सी मा पनि १ टिबीसम्मको एक्सप्यान्डेबल स्टोरेज सुविधा, नवीनतम् हाइपर्स २ र गुगल एआईका सर्कल टु सर्च तथा जेमिनीजस्ता स्मार्ट फिचरहरू उपलब्ध छन् । साथै, आईपी६४ सुरक्षासहित यो फोन धुलो र पानीका छिटाबाट सुरक्षित रहन्छ । नयाँ स्मार्टफोनले उत्कृष्ट ब्याट्री लाइफ, उत्कृष्ट प्रदर्शन, आकर्षक डिजाइन र स्मार्ट फिचरसहित नेपाली उपभोक्तालाई सेवा प्रदान गर्ने शाओमीले विश्वास व्यक्त गरेको छ ।
मूल्य र भेरियन्ट
रेडमी १५
· ६ जिबी + १२८ जिबी : रु. १८,९९९
· ८जिबी + २५६ जिबी : रु. २१,९९९
रेडमी १५C
· ४जिबी + १२८जिबी : रु. १४,९९९
· ६जिबी + १२८जिबी : रु. १६,४९९
· ८जिबी + २५६जिबी : रु. १८,९९९





























प्रतिक्रिया