नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले महिला उद्यमी महासंघका सदस्यहरूलाई विभिन्न सेवाहरूमा विशेष छुट दिने

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले महिला उद्यमी महासंघका सदस्यहरूलाई विभिन्न सेवाहरूमा विशेष छुट दिने

केन्द्रबिन्दु
6
Shares

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेड र महिला उद्यमी महासंघ नेपालबिच व्यावसायिक सम्झौता भएको छ ।

नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेड र महिला उद्यमी महासंघ नेपालबिच नेपालका महिलालाई उद्यम क्षेत्रमा आकर्षित गरी महिला व्यवसाय प्रवद्र्धन गर्न बैंक बिच सम्झौता भएको हो । सो सम्बन्धी सम्झौता पत्रमा नेपाल इन्भेष्टमेण्ट मेगा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत ज्योति प्रकाश पाण्डे र महिला उद्यमी महासंघकातर्फ अध्यक्ष शोभा ज्ञवालीले हस्ताक्षर गरे ।

सम्झौतासँगै बैंकले महिला व्यावसायिक सेवा आरम्भ गरिएको जानकारी दिएको छ । उक्त सम्झौतामार्फत एसोसिएसनका सम्पूर्ण सदस्यहरूलाई महिलाद्धारा सञ्चालित उद्यम र नयाँ उद्यमी बन्न चाहने विभिन्न महिलालाई विशेष बैंक तथा वित्तीय सहयोग प्रदान गर्ने सम्झौता गरिएको छ ।

सम्झौता अनुसार एसोसिएसनका सदस्यहरूलाई लक्षित गरि बैंकको २७५ वटा शाखाहरूमार्फत महिलाद्वारा सञ्चालित उद्यम र नयाँ उद्यमी बन्न चाहने विभिन्न महिलालाई छुटसहितको कर्जा प्रवाहमा विशेष प्राथमिकता, वित्तीय साक्षरताका सेवा दिने जानकारी बैंकका प्रमुख कार्यकारी अधिकृत पाण्डेले जानकारी दिए ।

सो सम्झौताबाट महिला उद्यमी महासंघ नेपालका सदस्यहरू प्रत्यक्ष रूपमा लाभान्वित हुने बैंकको विश्वास छ ।

Logo