सजिलै लिनुहोस् ५ प्रतिशत व्याजमा १० करोड ऋण (भिडियो)

सजिलै लिनुहोस् ५ प्रतिशत व्याजमा १० करोड ऋण (भिडियो)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

कोभिड–१९ बाट प्रभावित उद्योग व्यवसायका श्रमिकहरुको पारिश्रमिक भुक्तानी र व्यवसायलाई निरन्तरता दिनका लागि सञ्चालन पूँजी उपलब्ध गराउन सरकारले व्यवसायिक निरन्तरता कर्जा प्रवाह कार्यविधि २०७७ जारी गरेको छ ।

अर्थ मन्त्रालयको प्रस्तावमा कोभिड १९ बाट प्रभावित भएका उद्योग व्यवसायहरुको व्यवसायिक क्रियाकलापलाई निरन्तरता दिने उद्देश्यबाट ५० अर्बको कोष स्थापना गर्ने गरी मन्त्रिपरिषद्को बैठकले व्यवसायिक निरन्तरता कर्जा प्रवाह निर्देशिका कार्यविधि २०७७ स्वीकृत गरेको हो ।

कार्यविधि अनुसार सहुलियत कर्जा उपलब्ध गराई व्यवसायको निरन्तरता दिन सरकारले नेपाल राष्ट्र बैंकमा आवश्यक रकमको व्यवस्था गर्नेछ । अर्थ मन्त्रालयका सचिव शिशिरकुमार ढुंगानाले उक्त कोषमा नेपाल सरकार, नेपाल सरकार मातहतका आंशिक वा पूर्ण स्वामित्वमा रहेका संस्थाहरुको तर्फबाट निक्षेप संकलन गरी रकम जम्मा गरिने बताए । उक्त रकम कोभिडबाट प्रभावित उद्योग व्यवसायलाई निरन्तरता दिन र श्रमिक कर्मचारीको तलब भत्ता उपलब्ध गराउन सहुलियत कर्जाको रुपमा बैंकहरुमार्फत उपलब्ध गराइने सचिव ढुंगानाले बताए ।

कोषमा जम्मा भएको ५० अर्ब रुपैयाँ मध्ये कोभिडबाट अति प्रभावित क्षेत्र तथा उद्योग व्यवसायमा ५० प्रतिशत (२५ अर्ब रुपैयाँ) प्रदान गरिने व्यवस्था गरिएको छ । त्यस्तै मध्यम प्रभावित क्षेत्रमा १५ अर्ब रुपैयाँ र कम प्रभावित क्षेत्रमा १० अर्ब रुपैयाँ कर्जा परिचालन हुने पनि सचिव ढुंगानाले बताए । कर्जा प्राप्त गर्ने व्यवसायीले आफ्नो सम्पत्ति वा परियोजना नै धितो राखेर कर्जा प्राप्त गर्न सक्ने व्यवस्था गरिएको छ । यो व्यवस्था कार्यान्वयनका लागि अत्यन्तै सजिलो व्यवस्था मिलाइएको पनि सचिव ढुंगानाले बताए ।

यस्तो कर्जा दुई वर्षका लागि उपलब्ध हुने छ भने पहिलो वर्ष ५ प्रतिशत ब्याजदर लाग्ने छ भने दोस्रो वर्ष ६ प्रतिशत ब्याजदर कायम हुनेछ । सो कोषमा सरकारले एक अर्ब रुपैयाँ जम्मा गरिसकेको पनि सचिव ढुंगानाले बताए । त्यसबाहेक राष्ट्र बैंक, कर्मचारी सञ्चयकोष, नागरिक लगानी कोषमार्फत समेत निक्षेप जम्मा गरिने उनले बताए । यस्तो निक्षेपमा सरकारले ब्याज अनुदान दिनेछ । यो रकमबाट पर्यटन उद्योग, सेवा क्षेत्र र तीनमा कार्यरत कर्मचारी श्रमिकहरुलाई सहज हुने पनि सचिव ढुंगानाले बताए ।

Logo