टाटा नेक्सन ईभी ‘बेस्ट कन्ट्रीब्युसन इलेक्ट्रिक भेहिकल अवार्ड’बाट सम्मानित

टाटा नेक्सन ईभी ‘बेस्ट कन्ट्रीब्युसन इलेक्ट्रिक भेहिकल अवार्ड’बाट सम्मानित

केन्द्रबिन्दु
12
Shares

काठमाडौं । नेपालमा धेरै लोकप्रिय र रुचाइएको टाटा नेक्सन ईभी ‘बेस्ट कन्ट्रीब्युसन इलेक्ट्रिक भेहिकल अवार्ड’बाट सम्मानित भएको छ ।

केन्द्रबिन्दु अनलाइन मिडिया प्रालिको आयोजनामा पहिलोपटक भएको ‘केन्द्रबिन्दु ईभी बज पोलिसी डिस्कोर्स २०८२’का अवसरमा नेपालमा इलेक्ट्रिक गाडीको बजारलाई विस्तार गर्न र उपभोक्ताहरूमा यसको स्वीकार्यता बढाउन महत्त्वपूर्ण भूमिका खेलेको टाटा नेक्सन ईभीलाई उक्त अवार्ड प्रदान गरिएको हो ।

टाटा मोटर्सको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले नेपाली बजारमा ल्याएको यो गाडीले नेपालमा इलेक्ट्रिक गाडीको भविष्य निर्माणमा महत्त्वपूर्ण भूमिका खेलेको छ।

टाटा नेक्सन ईभी आफ्नो आकर्षक डिजाइन, लामो ब्याट्री लाइफ, र आधुनिक सुविधाहरूका कारण नेपाली उपभोक्ताहरूको रोजाइ बनेको छ। सब कम्प्याक्ट एसयूभी नेक्सन ईभीको सबैभन्दा आकर्षक फिचर भनेको यसको २०५ एमएमको उच्चतम ग्राउन्ड क्लियरेन्स हो । जुन नेपाली सडकका लागि उपयुक्त छ । त्यसैगरी यसमा टाटाको जिपट्रोन प्लेटफर्ममा बनेको ३०।२ किलोवाट आवर क्षमताको लिथियम आयोन ब्याट्री जडान गरिएको छ । यसमा ९५ किलोवाट क्षमताको इलेक्ट्रिक मोटर दिइएको छ । एक पटकको फुल चार्जमा ३ सय किलोमिटर हाराहारी यात्रा गर्ने क्षमता राख्छ ।

नेपालमा सबभन्दा धेरै बिक्री हुने इलेक्ट्रिक गाडीको रूपमा नेक्सन ईभीले आफूलाई स्थापित गरेको छ, जसले उपभोक्ताको विश्वास जित्न सफल भएको देखाउँछ ।

Logo