ईभीको प्रवर्द्धनका लागि सरकार र निजी क्षेत्रबीच सहकार्यको आवश्यकता छ -सचिव घनश्याम उपाध्याय

ईभीको प्रवर्द्धनका लागि सरकार र निजी क्षेत्रबीच सहकार्यको आवश्यकता छ -सचिव घनश्याम उपाध्याय

केन्द्रबिन्दु
9
Shares

काठमाडौं । अर्थ मन्त्रालयका सचिव घनश्याम उपाध्यायले नेपालको अर्थतन्त्रमा विद्युतीय सवारीसाधन (ईभी) को प्रवर्द्धनका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य अपरिहार्य रहेको बताएका छन् ।

केन्द्रबिन्दु अनलाइन मिडिया प्रालिको आयोजनामा आज भएकाे ‘केन्द्रबिन्दु ईभी बज‍-पोलिसी डिस्कोर्स २०८२’मा उनले यस्ताे बताएका हुन् । उनले विगत एक वर्षमा अर्थतन्त्रका विभिन्न सूचकहरू सकारात्मक देखिएको र यसमा अटोमोबाइल क्षेत्रको पनि महत्त्वपूर्ण भूमिका रहेको उल्लेख गरे ।

नेपालले करिब ५ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्नुका साथै न्यून मुद्रास्फीति कायम राख्न सफल भएको सन्दर्भमा सचिव उपाध्यायले क्लिन इनर्जीको प्रवर्द्धन गर्ने ईभी क्षेत्रको महत्त्वमाथि जोड दिए । उनले नेपालले ईभीको प्रवर्द्धनमा विश्वमै राम्रो परिचय बनाए पनि सरकारी र निजी क्षेत्रको स्पष्ट धारणा अझै आउन नसकेको बताए ।

“हामीले प्रत्येक वर्ष करिब २० मिलियन अमेरिकी डलर बराबरको इन्धन आयात घटाउन सफल भएका छौँ,” सचिव उपाध्यायले भने, “यस्ता राम्रा परिसूचकहरू हुँदाहुँदै पनि पूर्वाधारको अभाव र स्पष्ट नीतिको कमीले गर्दा दीर्घकालीन विकासमा चुनौतीहरू देखिएका छन्।”

उनले विद्युतीय सवारीसाधनको विकासका लागि पूर्वाधार निर्माणमा साझेदारी र एसेम्बलिङ उद्योगको विकास लाई मुख्य आवश्यकताको रूपमा औँल्याउनुभयो। यसले नेपालमा रोजगारी सिर्जना गर्नुका साथै अर्थतन्त्रलाई थप सबल बनाउन मद्दत पुग्ने उनको भनाइ थियो।

Skip This
Skip This
Logo