काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले आफ्ना शाखामार्फत बीमा सेवा प्रदान गरेको जनाएको छ ।
वर्तमान परिस्थितिमा सृजित अवस्थालाई मध्यनजर गर्दै नेपालको सुरक्षा निकायले विभिन्न स्थानमा नागरिकहरुको जनधनको सुरक्षाका लागि जारी गरेको सार्वजनिक सुचना बमोजिम अत्यावश्यक सेवा प्रदायक संघ संस्थाहरुले आफ्ना सेवाहरु सुचारु राख्न निर्देशन दिए बमोजिम यस सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले देशै भरिका शाखाहरु मार्फत आफ्ना सेवाहरु उपलब्ध गराइरहेको जनाएको हो ।
साथै सूर्यज्योति लाइफले उपलब्ध गराएका डिजिटल माध्यमहरु सूर्यज्योति मोबाइल एप, डाइनामिक क्यूआर कोड मार्फत खल्ती, ई-सेवा, फोन पे, कनेक्ट आईपीएस, एनआईसी एशिया र सेल पेमा गई सजिलै बीमाशुल्क नविकरण गर्न सकिने जनाएको छ ।





























प्रतिक्रिया