काठमाडाैं ।नवनियुक्त ऊर्जामन्त्री कुलमान घिसिङले पदभार ग्रहण गरेकै दिन नेपाल विद्युत् प्राधिकरणको करिब ११ अर्ब रुपैयाँको बक्यौता रकम उठाउने पहिलो निर्णय गरेका छन् ।
सपथग्रहण गरेपश्चात उनले यो रकम असूलीका लागि विशेष टास्कफोर्स गठन गर्ने र डेडिकेटेड तथा ट्रङ्कलाइनका उद्योगीहरूसँग तत्काल छलफल गर्ने बताए । घिसिङले भने, ‘प्राधिकरणको आर्थिक स्वास्थ्यका लागि बक्यौता रकम उठाउनु पहिलो प्राथमिकता हो । यसले नयाँ आयोजना निर्माण र उपभोक्तालाई सस्तो विद्युत् उपलब्ध गराउन मद्दत गर्छ ।’
उनले आफ्नो पूर्वकार्यकारी निर्देशककाे कालमा पनि यो रकम उठाउने प्रयास गरेको स्मरण गर्दै अब मन्त्रालयको नेतृत्वमा यसलाई तीव्रता दिने प्रतिबद्धता व्यक्त गरे । बक्यौतामध्ये ठूलो हिस्सा डेडिकेटेड लाइनका उद्योगहरूको रहेको भन्दै उनले अदालतमा विचाराधीन मुद्दाहरूको छिटो टुङ्गो लगाउन महान्यायाधिवक्तासँग समन्वय गर्ने जनाए ।
यस्तै, घिसिङले आँफुले कुनैपनी कार्यक्रममा खादा माला तथा अबिर केही पनि नलिने घोषणा समेत गरेका छन् ।
जेनजी आन्दोलनका कारण क्षतिग्रस्त ऊर्जा पूर्वाधारको पुनर्निर्माण र लोडसेडिङमुक्त अवस्था कायम राख्न यो निर्णय महत्वपूर्ण भएको ऊर्जाविद्हरूले बताएका छन् ।































प्रतिक्रिया