काठमाडौं। जेनजी आन्दोलनका कारण बन्द रहेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) को सेयर बजार पर्सि बुधबारदेखि खुल्ने भएको छ । आन्दोलनका कारण ठप्प रहेको बजार बुधबार देखी सञ्चालन हुने भएको हो । नेपाल स्टक एक्सचेन्जले जारी गरेको सूचनामा भदौ २३ र २४ गतेका प्रदर्शन तथा आन्दोलनका कारण भएको अवरोधपछि बजारमा कारोबार बन्द भएको उल्लेख गर्दै आगामी बुधबार अर्थात असोज गते बाट नियमित कारोबार सुरु हुने जनाएको छ ।
नेप्सेका प्रवक्ता मुराहरी पराजुलीका अनुसार ’आन्दोलनका कारण लगानीकर्ताहरूको माग र सुरक्षा अवस्थालाई ध्यानमा राखेर बुधबार र बिहीबारका लागि पनि बजार बन्द गर्ने निर्णय गरिएको थियो । तर अवस्था सामान्य हुँदै गएपछि पर्सि बाट कारोबार सुचारु गर्ने निर्णय भएको छ ।’ शुक्रबार र शनिबार नियमित बिदा रहने भएकाले बजार सोही दिनपछि मात्रै थप कारोबार हुने बताइएको छ ।
जेनजी आन्दोलनका क्रममा काठमाडौं उपत्यकासहित देशभरका सेयर ब्रोकरका कार्यालयहरूमा तोडफोड र क्षति पुगेपछि बजार प्रभावित भएको थियो । अन्तरिम सरकारले आर्थिक गतिविधि सुचारु गर्न प्राथमिकता दिएको सन्दर्भमा यो निर्णय महत्वपूर्ण ठानिएको छ । लगानीकर्ताहरूलाई तत्कालीन सूचना र सतर्कता अपनाउन नेप्सेले आग्रह गरेको छ ।





























प्रतिक्रिया