काठमाडौं

नवीकरणीय ऊर्जाका विभिन्न प्रविधि मार्फत मात्र नेपालमा ३६ लाख भन्दा बढी घरधुरीमा ऊर्जाको पहुँच पुगेको छ । "/>

देशका ३६ लाख घरधुरीमा नवीकरणीय ऊर्जा

देशका ३६ लाख घरधुरीमा नवीकरणीय ऊर्जा

केन्द्रबिन्दु
0
Shares

काठमाडौं

नवीकरणीय ऊर्जाका विभिन्न प्रविधि मार्फत मात्र नेपालमा ३६ लाख भन्दा बढी घरधुरीमा ऊर्जाको पहुँच पुगेको छ । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र मार्फत मात्र २४ वर्षको अवधिमा लघु तथा साना जलविद्युत , सौर्य (सोलार) ऊर्जा, बायोग्यास, सुधारिएको चुल्हो, वायु ऊर्जा, सुधारिएको पानी घट्ट लगायतका नवीकरणीय ऊर्जा मार्फत यति धेरैलाई ऊर्जाको पहुँच पुगेको हो ।

लघु तथा साना जलविद्युत र सोलार मार्फत देशका १८ प्रतिशत जनतामा विद्युतको पहुँच पुगेको केन्द्रले जनाएको छ । हाल करिब ५५ लाख घरधुरी रहेको नेपालमा नवीकरणीय ऊर्जाको सेवा पाउनेमा ६५ प्रतिशत छन् । नेपाल विद्युत प्राधिकरणको तथ्यांकले अझै करिब २० लाख घरधुरीमा विद्युतको केन्द्रीय प्रसारण लाइन नपुगेको देखाउँछ । यो तथ्यांकले नवीकरणीय ऊर्जाको पहुँच धेरैमा पुगेको देखिएको छ तर केन्द्रका कार्यकारी निर्देशक रामप्रसाद धिताल नवीकरणीय ऊर्जाका विभिन्न प्रविधिहरू एउटै घरधुरीमा समेत पुग्ने हुनाले यो एकीकृत रूपमा लाभान्वित संख्या रहेको बताउँछन् ।

“नवीकरणीय ऊर्जाका सबै प्रविधिहरू पुगेको एकीकृत घरधुरीको संख्या ३६ लाख नाघेको छ ,” केन्द्रका कार्यकारी निर्देशक रामप्रसाद धितालले भने, “एउटै घरधुरीमा एकीकृत रूपमा एकभन्दा बढी नवीकरणीय ऊर्जाका प्रविधि पुगेका छन्, त्यसको आधारमा नवीकरणीय ऊर्जाको पहुँच धेरै देखिएको हो ।” केन्द्रका अनुसार २२ वर्ष अघि अर्थात केन्द्रको स्थापना हुँदा समग्र ऊर्जा खपतमा नवीकरणीय ऊर्जाको समीश्रण ०.१५ प्रतिशत रहेकोमा हाल ३ प्रतिशत पुगेको छ ।

नवीकरणीय ऊर्जाको स्रोतबाट ५५ मेगावाट भन्दा बढी विद्युत उत्पादन भएकोमा लघु तथा साना जलविद्युत तर्फ २ हजार २ सय योजना मार्फत २९.४५७ मेगावाट र करिब ८ लाख घरेलु सौर्य विद्युत प्रणाली मार्फत १९.८५६ मेगावाट, १ हजार ७ सय संस्थागत सौर्य विद्युत प्रणालीमार्फत ३.४०२ मेगावाट र वायु ऊर्जाबाट ४१३ किलोवाट विद्युत उत्पादन भएको केन्द्रले जनाएको छ । केन्द्रका अनुसार ४ लाख घरधुरीमा घरायसी बायोग्याँस प्लान्ट, १३ लाख ५० हजार घरधुरीमा सुधारिएको चुल्हो, ३ लाख घरधुरीमा लघु तथा साना जलविद्युत तथा ८ लाख घरधुरीमा सौर्य ऊर्जामार्फत विद्युत् सेवा पुगेको छ ।

केन्द्रले हालसम्म जलवायु परिवर्तन सम्बन्धी संयुक्त राष्ट्रसंघीय ढाँचा महासन्धिमा ८ कार्बन सम्बन्धी आयोजना दर्ता भईसकेको तथा कार्बन व्यापारबाट मात्र १० मिलियन डलर अर्थात एक अर्ब रुपैयाँ बराबर आम्दानी भइसकेको जनाएको छ ।
कारोबारबाट

Skip This
Skip This
Logo