काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले गैरआवासीय नेपाली संघका संस्थापक अध्यक्ष तथा प्रतिष्ठित व्यवसायी डा. उपेन्द्र महतोको क्षतिग्रस्त घर अवलोकन गरेका छन् ।
भदौ २३ र २४ भएको जेनजी आन्दोलनको क्रममा उनको घर पनि जलाईएको थियो । उक्त आगलागीमा के कति क्षति भयो भनेर आज (बुधबार) ढकालसहितको टोलीले अवलोकन गरेको हो ।
सोही क्रममा महतोले यस्तो घटनाहरुले देश पछाडी धकेलिने भन्दै अब देश बन्दैन् भन्ने कुरामा कुनै शंका नरहेको बताए । उनले भने, ‘अब त यसमा मलाई कुनै शंका छैन कि हाम्रो देश बन्दैन । यस्तो घटनाहरुले अलि पछाडी धकेल्छ । तपाई हाम्रो पीडा हेरेर कति जना भागिसके होला ।’































प्रतिक्रिया