दशैं अफरः सारथीकाे इलेक्ट्रिक स्कुटर किन्दा २५ हजारसम्म छुट पाइने

दशैं अफरः सारथीकाे इलेक्ट्रिक स्कुटर किन्दा २५ हजारसम्म छुट पाइने

केन्द्रबिन्दु
12
Shares

काठमाडौं । सारथी ब्राण्डका इलेक्ट्रिक स्कुटरले दशैं लक्षित आकर्षक अफर सार्वजनिक गरेको छ । यस योजनाअन्तर्गत, नगदमा स्कुटर खरिद गर्ने ग्राहकहरूले २५ हजार रुपैयाँसम्मको नगद छुट पाउने भएका छन् ।

सारथीको नेपालका लागि आधिकारिक वितरक जीरो इमिसन राइड एनले जनाएअनुसार, नगद छुटका अतिरिक्त ग्राहकहरूलाई एउटा हेलमेट, रेनकोट, र चालू आर्थिक वर्षको सडक कर समेत कम्पनीले नै तिरिदिनेछ । साथै, पहिलेदेखि नै दिइँदै आएको ६ वटा फ्रि सर्भिस र २ वर्षको वारेन्टी भने यथावत नै रहने कम्पनीले जनाएको छ ।

यो विशेष अफर सारथी ब्राण्डका दुईवटा लोकप्रिय मोडेल इकुटर इ३ र विँगरमा लागू हुनेछ । अफरपछि इकुटर इ३ को मूल्य १ लाख ९१ हजार रुपैयाँ र विँगरको १ लाख ८४ हजार रुपैयाँ रहेकाे छ ।

दुवै स्कुटरमा ७२ भोल्ट ३८ एएच क्षमताका ग्राफिन ब्याट्री प्रयोग गरिएको छ । जसले गर्दा स्ट्याण्डर्ड राइडिङमा अधिकतम १२० किलोमिटरसम्मको रेन्ज दिन सक्ने कम्पनीको दाबी छ । इकुटर इ३ मा ३००० वाटको पिक पावर भएको मोटर छ भने विँगरमा ३९०० वाटको पिक पावर भएको मोटर प्रयोग गरिएको छ ।

Logo