काठमाडौं । विश्वप्रसिद्ध दुई तथा तीन पाङ्ग्रे सवारी साधन उत्पादक कम्पनी टिभीएस मोटर कम्पनीले नेपालमा आफ्नो उपस्थितिलाई थप मजबुत बनाउँदै दुई नयाँ प्रदर्शनमुखी मोटरसाइकलको भव्य लन्च गरेको छ।
आइतबार एक कार्यक्रमबीच युवा तथा प्रविधिप्रेमी राइडरहरूलाई लक्षित टिभीएसकाे नेपालका लागि आधिकारीक वितरक जगदम्बा मोटर्सले नयाँ मोडलहरू टिभीएस अपाचे आरटीआर १६० २भी एफआई र टिभीएस रेडर आईगो सार्वजनिक गरेकाे हाे । यी मोटरसाइकलहरूले अत्याधुनिक प्रविधि, स्टाइलिस डिजाइन र रोमाञ्चक सवारी अनुभवको संयोजन प्रस्तुत गर्दछन्।
नेपालको बजारमा पनि प्रसिद्ध अपाचे सिरिजको नवीनतम संस्करण टिभीएस अपाचे आरटीआर १६० २भी एफआईले रेसिङ जीन र दैनिक उपयोगको सन्तुलन कायम राख्दै गति, सुरक्षा र प्रदर्शनको उत्कृष्ट मिश्रण दिन्छ। यसमा डुअल डिस्क ब्रेक, सिंगल-च्यानल एबीएस, कनेक्टेड डिजिटल क्लस्टर, एएचओ एलइडी हेडलाइट र तीन राइड मोड (अर्बन, स्पोर्ट, रेन) जस्ता फिचरहरू छन्। विश्वव्यापी रूपमा ६५ लाखभन्दा बढी ग्राहकहरूले अपाचे सिरिजलाई आफ्नो पहिलो छनोट बनाएका छन्। यो मोटरसाइकल रोमाञ्च खोज्ने युवा राइडरहरूका लागि आदर्श विकल्प हो।

यसैगरी, टिभीएस रेडर आईगोले कम्युटर सेगमेन्टलाई नयाँ उचाइ दिन्छ । यो लोकप्रिय घरेलु प्लेटफर्ममा आधारित छ जसमा टिएफटी डिजिटल क्लस्टर, आईगो स्टार्ट-स्टप टेक्नोलोजी, स्पोर्टी स्प्लिट सिट, बोल्ड स्टाइलिङ र डाइनामिक राइड क्वालिटीका विशेषताहरू छन्। जेनजी पुस्ताका लागि डिजाइन गरिएको यो मोटरसाइकलले स्मार्ट फिचरहरू, सहजता र प्रदर्शनको सही संयोजन प्रदान गर्दछ।
उपलब्धताको सन्दर्भमा, अपाचे आरटीआर १६० २भी एफआई तीन रङमा आउँछ । म्याटी ब्लु, रेसिङ रेड र ब्ल्याक । जबकि रेडर आईगो दुई रङमा उपलब्ध छ – नार्दाे ग्रे र विक्ड ब्ल्याक । यी मोटरसाइकलहरू नेपालभरका ६० भन्दा बढी बिक्री केन्द्रहरू र २६ सेवा केन्द्रहरू मार्फत सहजै प्राप्त गर्न सकिनेछ।

लन्चको अवसरमा टिभीएस मोटरका अन्तर्राष्ट्रिय व्यवसायका वरिष्ठ उपाध्यक्ष राहुल नायकले भने, “नेपालका ग्राहकहरूले शैली, प्रविधि र प्रदर्शनलाई प्राथमिकता दिन्छन्। यी दुवै नयाँ मोडलहरूले कनेक्टेड फिचरहरू र अद्भुत राइडिङ अनुभवसँगै बजारमा छिट्टै लोकप्रिय हुनेछन्। हाम्रो मजबुत सञ्जालले ग्राहकहरूलाई पूर्ण सन्तुष्टि दिनेछ।”
यसैगरी जगदम्बा मोटर्सका कार्यकारी निर्देशक साहित अग्रवाल र निर्देशक अखिल गुप्ताले थपे, “यी मोटरसाइकलहरूले नेपालमा टिभीएसको नयाँ अध्याय सुरु गर्दछन्। युवा राइडरहरूको बदलिँदो अपेक्षालाई सम्बोधन गर्दै, यिनले बजारमा ठूलो प्रभाव पार्नेछन्।”

नेपालका लागि टिभीएसको महत्वपूर्ण बजार रहँदै आएको छ। अपाचे सिरिजको रेसिङ विरासत र रेडरको कनेक्टेड फिचरहरूले युवा पुस्तालाई आकर्षित गर्दै आएका छन्। उच्च इन्जिनियरिङ, नवीनता र गुणस्तरका लागि परिचित टिभीएस मोटरले ८० भन्दा बढी देशहरूमा आफ्ना उत्पादनहरू बिक्री गर्दै आएको छ।





























प्रतिक्रिया