दशैंलक्षित सीजीको ‘साना घरायसी उपकरण’ अभियान, भियतनाम ट्रिप र हिरो स्प्लेन्डर बाइकसम्म

दशैंलक्षित सीजीको ‘साना घरायसी उपकरण’ अभियान, भियतनाम ट्रिप र हिरो स्प्लेन्डर बाइकसम्म

केन्द्रबिन्दु
6
Shares

काठमाडौं । सीजीले यस वर्षको चाडपर्वलाई अझ विशेष र उत्साहपूर्ण बनाउन सीजी तथा सीजी मेरिडिया सिग्निचर सिरिज अन्तरर्गत साना घरायसी उपकरणमा विशेष उपभोक्ता योजना सार्वजनिक गरेको छ।

‘भित्र्याऔँ खुशी र समृद्धि’ भन्ने मुल सन्देशका साथ सीजीले गुणस्तरीय उत्पादन खरिद गर्ने ग्राहकहरूलाई केवल आधुनिक जीवनशैली प्रदान गर्दै आएको छ ।

सीजीले लामो समयदेखि नेपाली उपभोक्ताका लागि विश्वसनीय र प्रगतिशील इलेक्ट्रोनिक्स उत्पादनहरू ल्याउँदै आएको छ। चाडपर्वको मौकामा ग्राहकको उत्साह र सन्तुष्टिलाई अझ प्रगाढ बनाउन, यसपटक उपभोक्ताहरूलाई जीवनमा खुशी र समृद्धि भित्र्याउने उद्देश्यले यो अभियान ल्याइएको हो। यस योजनाले ग्राहकलाई गुणस्तर, नवप्रवर्तन र पुरस्कारको समिश्रण प्रदान गरी उनीहरूको जीवनलाई अझ सहज र रोचक बनाउनेछ।

अभियानमा सहभागी हुने ग्राहकहरुले अन्तमा बम्पर उपहार स्वरुप भयतनाम ट्रिप र हिरो स्पलेन्डर बाइक पाउने छन् ।

योजना अवधिभर प्रत्येक १५ दिनमा आयोजना हुने लक्की ड्रमा थुप्रै ग्राहकहरूले आकर्षक पुरस्कार जित्ने मौका पाउनेछन्, जसले उपभोक्तामा थप उत्साह जाग्नेछ। यस योजनामा सहभागी हुन ग्राहकहरूले सीजी मेरिडिया सिग्निचर सिरिज अन्तर्गत साना घरायसी उपकरण खरिद गरी उत्पादनमा रहेको क्यूआर कोड स्क्यान गरी आवश्यक विवरण भर्नुपर्नेछ । यसरी दर्ता भएका ग्राहकहरू स्वतः लक्की ड्रमा सहभागी हुनेछन्।

यो योजना भदौ २० गतेदेखि देशभरिका सीजी डिजिटल आउटलेटहरू र आधिकारिक च्यानल पार्टनरहरू मार्फत सञ्चालनमा आएको छ।

नेपालकै सबैभन्दा ठूलो र विश्वासिलो इलेक्ट्रोनिक्स ब्राण्डको रूपमा, सीजीले सधैं उच्च गुणस्तरका उत्पादनहरू ल्याउने मात्र नभई ग्राहकसँगको विश्वास र सम्बन्धलाई पनि सबैभन्दा प्राथमिकतामा राखेको छ। आधुनिक प्रविधि र नवप्रवर्तनमा निरन्तर अग्रसर रहँदै, सीजीले यस योजनामार्फत नयाँ वर्षलाई अझ विशेष र प्रेरणादायी बनाउन योगदान गरेको छ।

Skip This
Skip This
Logo