दसैंमा रियलमीको स्मार्टफोन किन्दा चीनको टुर जित्ने अवसर

दसैंमा रियलमीको स्मार्टफोन किन्दा चीनको टुर जित्ने अवसर

केन्द्रबिन्दु
6
Shares

काठमाडौं । विश्वसनीय स्मार्टफोन ब्रान्ड रियलमीले यस वर्षको दसैं, तिहार र छठ पर्वलाई अझ विशेष बनाउनको लागि ‘दसैंमा उपहार भरपुर, रियलमीसँग चीनको टुर’ उपहार योजना सार्वजनिक गरेको छ।

यो योजना कात्तिक ४ गतेसम्म देशभर लागू हुनेछ। यस अवधिभित्र कुनै पनि रियलमी स्मार्टफोन खरिद गर्ने ग्राहकहरूले ‘लक्की ड्र’ मार्फत आकर्षक उपहार जित्न सक्नेछन्। ग्राहकहरुले आफूले खरिद गरेको स्मार्टफोनको क्युआर कोड स्क्यान गरी आइएमआई नम्बरसहित अन्य आवश्यक विवरण भरेपछि तुरुन्तै डिजिटल पपअपमा आफ्नो नतिजा हेर्न सक्नेछन्। यो प्रक्रिया सहज र पारदर्शी बनाइएको छ।

यस योजनाअन्तर्गत २ जना भाग्यशाली विजेताले चीन भ्रमणको अवसर प्राप्त गर्नेछन्। त्यसैगरी ४ जनाले रियलमी १४ टी स्मार्टफोन प्राप्त गर्ने छन् भने १० जना विजेताले रियलमी सी७५ स्मार्टफोन जित्नेछन्। यस्तैगरी ६०० जनाले विशेष उपहार बक्स, ५ हजार जनाले क्रस ब्याग र १० हजार जनाले आकर्षक पानीको बोतल प्राप्त गर्ने छन्।

उपहार प्राप्त गर्नका लागि ग्राहकले आफ्नो रियलमी स्मार्टफोन एक्टिभ भएको प्रमाण प्रस्तुत गर्नुका साथै खरिद गर्दा प्राप्त भएको वारन्टी कार्ड र बिल खुद्रा विक्रेतासमक्ष देखाउनुपर्नेछ। साथै, योजनासम्बन्धी सबै नियम तथा सर्तहरू ध्यानपूर्वक अध्ययन गर्न कम्पनीले उपभोक्ताहरूलाई आग्रह गरेको छ।

Skip This
Skip This
Logo