काठमाडौँ । नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडको निष्काशन तथा बिक्री प्रबन्धकत्वमा निष्काशन गरिएको श्रीनगर एग्रीटेक इण्डष्ट्रिज लिमिटेडको सेयर बाँडफाँट सम्पन्न भएको छ ।
उद्योग प्रभावित क्षेत्र रूपन्देही र पाल्पा जिल्लाका स्थानीय बासिन्दाहरूका लागि १ लाख ६३ हजार १२५ कित्ता साधारण सेयर निष्काशन गरिएकोमा बिहीबार बाँडफाँट सम्पन्न गरिएको हो ।
यसअघि भदौ ११ गतेदेखि २५ गतेसम्म आवेदन खुला गरिएकोमा भदौ २३ र २४ गते जेनजी प्रदर्शनका कारण कर्फ्यू तथा निषेधाज्ञा जारी भएपछि दुई दिन दरखास्त फाराम सङ्कलन गर्न नसकिएको र सोही कारण असोज ३० र ३१ गते अतिरिक्त समय थप गरिएको थियो ।
कुल ३ हजार ७८६ आवेदकबाट ४ लाख ८९ हजार ७९० कित्ता सेयरका लागि आवेदन प्राप्त भएकोमा वैदेशिक रोजगारीका लागि छुट्याइएको सेयरमा ९ जनाले दोहोरिएको आवेदन दिएकाले १ हजार ३३० कित्ता रद्द गरी ३ हजार ७७७ आवेदकलाई योग्य ठहर गरिएको नबिल इन्भेष्टमेन्टले जनाएको छ ।
बाँडफाँट अनुसार प्रथम चरणमा ९३२ जना आवेदकलाई माग अनुसार २० हजार ९९० कित्ता सेयर र २ हजार ८४५ जना आवेदकलाई ४० कित्ता दरका हिसाबले १ लाख १३ हजार ८०० कित्ता सेयर वितरण गरिएको छ ।
यस्तै, दोश्रो चरणमा २, हजार ८३८ आवेदकमध्ये गोला प्रथाबाट २ हजार ८३३ जनालाई थप १० कित्ता र ५ जनालाई ५ कित्ता गरी २८ हजार ३३५ कित्ता सेयर बाँडफाँट गरिएको छ ।





























प्रतिक्रिया