निर्यात अनुदानलाई निरन्तरता दिन माग

निर्यात अनुदानलाई निरन्तरता दिन माग

केन्द्रबिन्दु
3
Shares

विराटनगर। यहाँका व्यवसायीहरूले नेपालबाट निर्यात हुने वस्तुमा दिइदै आएको अनुदानलाई निरन्तरता दिन माग गरेका छन् । मोरङ उद्योग व्यापार सङ्घले आज एक विज्ञप्ति जारी गरी उद्योग विभागले आर्थिक वर्ष २०८१८२ मा निर्यात गरिसकेका निर्यातकर्ताले निर्यात अनुदान प्राप्त गर्न बुझाउने आवेदन यस वर्ष प्रक्रियामा नलिने भन्दै सूचना जारी गरेको भन्दै विरोधसमेत जनाएको छ ।

भूपरिवेष्टित मुलुकबाट अन्तरराष्ट्रिय बजारमा प्रतिस्पर्धी हुन कठिन चुनौतीको सामना गर्दै आएका नेपाली निर्यातकर्ताहरूले आर्थिक मन्दी र राजनीतिक सङ्क्रमणका बीच पनि जेनतेन निर्यात व्यापारलाई निरन्तरता दिँदै आएकामा त्यसविपरित विभागले काम गरेको भन्दै विरोध गरेका हुन् ।

“सरकारको निर्यात प्रवर्द्धन नीतिअनुसार नै निर्यात गरी राष्ट्रका लागि आवश्यक वैदेशिक मुद्रा आर्जनमा महत्त्वपूर्ण योगदान पु-याउँदै आएकामा गत आर्थिक वर्षको निर्यात अनुदान पाउने प्रक्रिया अघि नबढाउने विभागको सूचनाले मुलुकको आर्थिक स्थायित्व कायम गराउने नेपाली निर्यातकर्ता एवं निर्यात क्षेत्रको मनोबलमा दीर्घकालीन नकारात्मक असर पर्नेछ ।

यसले सरकारका नीतिप्रति उद्योगी– व्यवसायीमा अविश्वासको वातावरणसमेत सिर्जना सम्भावना देखिएको छ”, विज्ञप्तिमा भनिएको छ,“नेपाली निर्यातकर्ता औद्योगिक,व्यावसायिक प्रतिष्ठानको हकहित र संरक्षणको दायित्व पनि सरकारकै रहने हुँदा मिति २०८२०६२३ को उद्योग विभागको उक्त सूचनाको हकमा नेपाली निर्यातकर्ताहरूले आव २०८१८२ को स्वःघोषणासहित अनुसूची–३ बमोजिमको ढाँचामा निवेदन दिने म्याद थप गर्नका लागि सङ्घ माग गर्दछ ।”

सङ्घका अध्यक्ष अनुपम राठीद्वारा हस्ताक्षरित विज्ञप्तिमा मुलुकको हालको वित्तीय सीमा, सङ्क्रमणकालीन अवस्था तथा असहज एवं असमान्य परिस्थितिलाई गम्भीरतापूर्वक लिँदै उक्त आवको बक्यौता देखिने निर्यात अनुदान रकम बराबरको बण्ड जारी गरी नेपाली निर्यातकर्ताको संरक्षणका लागि सरकारलाई आग्रह गरिएको छ ।

Skip This
Skip This
Logo