ब्लाक एन्ड डेकरको पर्वलक्षित विशेष योजना सार्वजनिक

ब्लाक एन्ड डेकरको पर्वलक्षित विशेष योजना सार्वजनिक

केन्द्रबिन्दु
3
Shares

काठमाडाैं । अमेरिकी ब्रान्ड ब्लाक एन्ड डेकरले दसैँ–तिहारलाई लक्षित गरी ‘बिगर सेलिब्रेसन्स्, बिगर जोयस्’ योजना सार्वजनिक गरेको छ ।

योजनाअन्तर्गत ग्राहकहरूले ब्लाक एन्ड डेकरको साना होम एप्लायन्सहरू खरिद गर्दा स्योर सट उपहार प्राप्त गर्नेछन् । यस योजनामा स्योर सट उपहारस्वरूप ग्राहकहरूले ब्लाक एन्ड डेकरको ओएफआर हिटरको खरिदमा केटल प्राप्त गर्न सक्नेछन् भने एयर फ्रायर, माइक्रोवेभ ओभन, ओटिजी ओभन, इ–प्रेसर कुकर र भ्याकुम क्लिनरलगायतका उपकरणहरूको खरिदमा कफी मग उपहार प्राप्त गर्ने बताइएकाे छ ।

यसैगरी, एयर ह्युमिडिफायरको खरिदमा अरोमा किट उपहार प्राप्त गर्न सक्नेछन्। ब्लाक एन्ड डेकरको उपहार योजनाका साथै आफ्नो सबै सामानहरूमा आकर्षक छुट पनि रहेको छ।

यो योजना भाद्र २३ गतेदेखि सीमित अवधिका लागि नेपालभर लागू हुने कम्पनीले जनाएको छ।

Skip This
Skip This
Logo